२०८२ फाल्गुन २४ गते, आईतवार १६:०४

‘लोकतन्त्रको विकल्प छैन, तर शासकीय शैलीमा सुधार आवश्यक’

काठमाडौँ । विद्यमान सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहे पनि शासन शैली र कार्य व्यवहारमा सुधार अत्यावश्यक रहेको धारणा विभिन्न राजनीतिक दलका नेताहरूले राख्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गत शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको घटनाप्रति खेद व्यक्त गर्नुभयो । राजतन्त्रको सन्दर्भमा इतिहास अगाडि बढ्ने तर पछाडि नफर्कने उल्लेख गर्दै उहाँले भोक लाग्यो भन्दैमा विष पिउन नहुने स्पष्ट पार्नुभयो ।

लोकतान्त्रिक व्यवस्थाका कमजोरी हटाउँदै त्यसलाई थप उन्नत बनाउने दिशामा अघि बढ्नुपर्ने उहाँको धारणा थियो । संविधानमा उल्लेखित शासकीय स्वरूप र निर्वाचन प्रणालीलगायत केही व्यवस्थाहरू संशोधन गर्न आवश्यक रहेको अध्यक्ष डा भट्टराईले बताउनुभयो । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सुशासन र जनताका आवाज उठाउने सवालमा रिपोर्टर्स क्लबको अग्रणी भूमिका रहेको बताउनुभयो । गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै उहाँले लोकतन्त्रको रक्षा गर्न सबैलाई आह्वान गर्नुभयो ।

सांसद प्रभु साहले संसद्को प्रभावकारितामाथि प्रश्न उठाउँदै निर्वाचित प्रतिनिधिमाथि गैर–निर्वाचितको हालीमुहाली रहेको टिप्पणी गर्नुभयो । 

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले लोकतान्त्रिक व्यवस्था अझै परिपक्व नभएको र विकासको चरणमा रहेको उल्लेख गर्नुभयो । समानुपातिक र समावेशी प्रतिनिधित्वसहितको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उहाँको भनाइ थियो । 

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानुनी राज्य, प्रेस स्वतन्त्रता र मानव अधिकारको रक्षा लोकतन्त्रको मूल आधार भएको उल्लेख गर्दै विद्यमान शासन व्यवस्थाले मात्र त्यसको प्रत्याभूति गर्न सक्ने बताउनुभयो । अहिलेको संविधान सबै जातजाति, वेशभूषा, धर्म र लिङ्गको प्रतिनिधित्व हुने गरी निर्माण भएको उल्लेख गर्दै उहाँले निरङ्कुशता र एकतन्त्रीय शासनलाई निषेध गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक व्यवस्थालाई उल्टाउने प्रयास केवल दिवास्वप्न मात्र हुने बताउनुभयो । जनताले प्राप्त गरेको सार्वभौमसत्ता फेरि कुनै व्यक्तिमा केन्द्रित नहुने उहाँको भनाइ थियो । संविधान संशोधनको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता कर्णबहादुर थापाले जनताले सङ्घर्ष गरेर स्थापित गरेको व्यवस्थालाई उल्टाउने प्रयास असफल हुने बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM