२०८३ जेष्ठ १६ गते, शनिबार १८:४२

स्रोत नखुलेको रकम सहित दुई पक्राउ

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो ।

भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM