२०८३ बैशाख ६ गते, आईतवार १५:४७

नयाँ वर्षको अवसरमा दीप प्रज्वलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न

वीरगंज । नयाँ वर्ष २०८३ को पावन अवसरमा वीरगंजस्थित श्री गहवा माई मन्दिर प्राङ्गणमा आयोजित दीप प्रज्वलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । माइस्थान सञ्चालक समिति तथा हिन्दू परिषद् नेपालको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनीय रूपमा श्रद्धालु तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

धार्मिक आस्था, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा हजारौँ दीप प्रज्वलन गरिएको थियो । दीपको उज्यालोले मन्दिर परिसर झिलिमिली बनेको थियो भने उपस्थित भक्तजनहरूमा विशेष उत्साह र श्रद्धाभाव देखिन्थ्यो ।

माईस्थान संचालक समितिका अध्यक्ष नरेन्द्र शाहकोको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगपति बाबुलाल चाचानले पानसमा दीप प्रज्वलन गरी उदघाटन गर्नु भएको थियो।

कार्यक्रममा हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष संजय सर्राफ, वरिष्ठ उपाध्यक्ष लालबाबु प्रसाद कुर्मी, सचिव आमोद कुमार केवट, सदस्य सचितानन्द दुबे, वरिष्ठ सल्लाहकार ध्रुप सिंह ठकुरी, जिल्ला अध्यक्ष हरिन्दर पटेल, महिला जिल्ला अध्यक्ष ज्योति साह, वरिष्ठ उपाध्यक्ष चन्दा शर्मा, उपाध्यक्ष रूपशीला जायसवाल, कोषाध्यक्ष अनामिका बरनवाल, सदस्य रूबी देवी, नगर अध्यक्ष श्याम बाबु तथा युवा नगर कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

कार्यक्रमका वक्ताहरूले नयाँ वर्षले देशमा शान्ति, समृद्धि र सामाजिक सद्भाव ल्याओस् भन्ने कामना व्यक्त गर्दै यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

आयोजक समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला तथा सहभागीहरूप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM