२०८३ बैशाख ९ गते, बुधबार १४:५३

पूर्वमन्त्री खड्कालाई छोड्न सर्वोच्चको आदेश

काठमाडौँ/सर्वोच्च अदालतले कांग्रेस नेता एवं पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका खड्कालाई बन्दीप्रत्यक्षीकरणको निवेदनमार्फत छाड्न सर्वोच्चले आदेश दिएको हो।

बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले श्रीमती विनिता थापाले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै खड्कालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेका हो।

संयुक्त इजलासले खड्काको थुना कानुनसम्मत नभएको ठहर गर्दै अनुसन्धान भइरहेको अभियोगमा मिलापत्र हुनसक्ने पनि जनाएको छ।

खड्कालाई छाड्न आदेश दिए पनि उनलाई विदेश जान भने अदालतको अनुमति चाहिने भएको छ। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चैत १५ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM