परमात्मालाई छल गर्न सकिन्छ र ?

0
433

– स्वयम्भुनाथ कार्की

परमात्मा, भगवान, इश्वर, अल्लाह, परमपिता, गड जे नामले बोलाए पनि जुन भाषा वा समप्रदायमा भए पनि तथा आस्तिक नास्तिक जो भए पनि धारणा भनेको सर्वशक्तिमान कै हो , सर्वज्ञ कै हो अनि समदर्शी सुकर्मको फलदाता र कुकर्मको दण्डदाताको नै हो । यस्तो हुन सक्छ भनरे विश्वसा राख्ने आस्तिक भए, यस्तो हुन सक्दैन भनेर अविश्वास गर्नेहरु नास्तिक भए । आस्तिक र नास्तिकमा मुलभूत भिन्नता यही नै हो । आआफ्नो पक्षको तर्क प्रभावकारी बनाउन आध्यतत्मवाद, भौतिकवाद आदिको आवरण ओडाइने गर्दछ । जव ईश्वरको मूलभूत मान्यतालाई नै जानीजानी वा नजानी तोडिने गर्दछ त्यति खेर आस्तिकता, भक्तिको भेषमा नास्तिक पैदा हुन्छ । यस्तो नास्तिक खुल्लारुपले आफुलाई नास्तिक भन्ने भन्दा हजारौ गुणा खतरनाक हुन्छ ।

एक रोचक प्रसंग छ, एउटा ठुलो महात्मा सबैलाई स्वर्गको मार्ग बताउने गर्दथ्यो । स्वर्ग पुग्ने छोटो र सरल बाटो बताउने गर्दथ्यो । दानको यस्ते महिमा गाउने गर्दथ्यो कि सबै मन्त्रमुग्ध हुन्थे । आफ्नो प्रसिद्धि बढदै गएको, आफुले भनेको कुरा भक्तहरुले पत्याउदै गएको देखेर उसको मनमा एक बुििद्ध पलायो । उसले स्वर्गको टिकट अग्रिम बुकिङ्ग गर्न शुरु गर्‍यो , धेरै सम्पत्ति कमायो । एक दिन एउटाले आएर उसको सबै सम्पत्ति लुट्यो । पिडाले रन्थनएको त्यो महात्माले लुटेरालाई भन्यो ‘ तेरो यो पापको निमित्त प्रभुले तँलाई चिरकालसम्म रौरव नर्कमा हाल्ने छन ’ । लुटेराले हाँस्दै भन्यो , ‘ सम्भव नै छैन स्वामी जी, मैले पहिले नै तपाईबाट स्वर्गको टिकट किनी सकेको छु ’ । उसले माहात्माबाट किनेको टिकट पनि देखायो ।

अब यो प्रसंगमा कुन पुण्य थियो के पाप थियो त्यो विवेचन गर्ने घेरै भ्रमित हुन सक्छ । प्रश्न उठ्छ, के त्यो महात्मा स्वर्गको टिकट बेच्ने अधिकार सम्पन्न थियो ? के सम्पत्तिले धर्म किनेपछि सबै पाप पखालिन्छ वा भविष्यमा थप पाप गर्ने अधिकार पाइन्छ ? सबैभन्दा ठुलो प्रश्न त यो छ कि के दुवै पक्षले भगवानको आदर गरे त ? भगवान सर्वज्ञ हुन भने यसरी भगवानलाई धोका दिन सकिन्छ त ? यस्ता अनेक किसिमका प्रश्नहरुको उत्तर नखोज्ने हो भने समाजमा यस्ता किसिमका धनले धर्म वेच्ने र खरिद गर्नेहरुले सम्पूर्ण समाज दुषित बनाई रहन्छन । यस्तो कृयाकलाले सम्पुर्ण समाज नै कलंकित हुन्छ, यो कलंक केवल आस्तिकलाई मात्र लाग्दैन त्यो समाजमा रहेका नास्तिकलाई पनि लाग्छ । त्यसैले मलाई के खाँचो भनेर बस्नु पनि अपराध हो ।

आस्तिक पक्ष, नैतिकता, अनैतिकता आदि पक्ष भन्दा पनि यस्ता कुराले समाजका अरु धेरै पक्षमा मन्द बिष घोलीरहेका हुन्छन जसमा तुरन्त ध्यान जादैन । कतिपय धार्मिक प्रतिष्ठानका हर्ताकार्त भएकाहरु र तिनका समर्थकहरुले भन्ने गरेको कुरा सुन्ने हो भने यसरी जम्मा गरेको धन समाजको भलोमा लगाईन्छ । यदि धन नहुने हो भने कसरी समाजिक काम गर्न सकिन्छ ? यी तर्क पाच्य भने हैनन, किनभने के यस्ता संस्थाहरुले साँच्चै समाज सेवा गरेका छन त भनने प्रश्न नउठाउने हो भने पनि मान्छेको सामाजिक दायित्व बहन गर्ने प्रवृत्तिमा ह्रास ल्याएका छन । प्लान इल्टरनेशनललाई संसारभर काम गर्न धर्मको नामा पैसा उठाउनु परेन । नेपालमा पनि कतिपय समाज सेवी संस्थाहरु छन जो धर्मको नाममा नभई आफ्नो कामको निमित्त नै भनेर भन्दा पनि पैसा पाई रहेका छन र काम पनि सम्पन्न गर्दैछन । बरु धर्मको नाममा, पुराण लगाएर गरिने भनेका कति प्रतिशत काम पुरा भएका छन त्यसको लेखा जोखा पाईन्न ।

धर्मको वा धार्मिक अनुष्ठान गरेर सामाजिक काम हुदै नभएका हैनन, दाताले आफुले कुन लक्षको निमित्त दान दिएको भन्ने थाहा पएको हुन्छ , यो काम भए नभएको अप्रत्यक्ष अनुगमन पनि गरेको हुन्छ । विराटनगरको परोपकार घाटले त्यहाको शिव मन्दिरमा टिकट नलगाई पनि आफ्ना योजना पुरा गर्न सहृदयी दाताबाट मनग्य प्राप्त गर्छ । इमानदारिताको शर्त पुरा गरिएकाले नै होला त्यो संस्थाले आव्हान नै नगादाृ पनि सहयोग गर्नेहरु आफै रुचि लिएर सहयोग गर्दैछन । त्यसको विपरित वाचन शिरोमणीहरुद्वारा पुराण लगाएर किर्ति राख्ने, धर्म कमाउने लोभमा गरिने भनेका कयौं योजनाहरुको अहिले थलो किलो नै छैन । चतरामा बालसन्तले जुन धार्मिक तिर्थस्थल विकास गरेका छन त्यको निमित्त उनले भगवान दर्शनलाई टिकट लगाएको सुनिएको छैन ।

तर विस्तारै घर्मको प्रलोभनमा दान गराउने प्रवृत्ति बढ्दै गयो भने सहृदयी हातहरु सामाजिक काममा पछि हट्दै जाने छन । धनको तुजुक देखाएर तिमीहरु भन्दा म महत्वपरुर्ण हुँ भन्नेहरुको बोलवाला हुदै जानेछ । अनि कालान्तरमा रेस्टुरेन्टमा मिनु बोर्ड जस्तै मन्दिरमा तथा धार्मिक जात्राहरुमा पनि मुल्यसुची टाँगिएको देख्न पाईने छ । संभवत आलेखको यस्तो प्रवृत्ति त्रिक हैन भनेर लेखिएको यही भागले धर्म व्यापारीहरुलाई यसो गर्दा पनि कमाउन सकिन्छ भन्ने प्रेरणा मिल्ला , तर यस्तो प्रेरणा लिइयो भने तिर्थस्थलमा धार्मिक जात्राहरुमा आस्थाले दान पनि दिने र स्वयंसेवक भएर काम गर्नेहरुले पनि आफ्नो श्रमको मुल्य माग्नु पर्छ भन्ने सोच राख्न सक्छन , र यो उचित पनि हुन्छ किनभने कुनैकाम नाफा घाटालाई ध्यानमा राखेर गरिन्छ भने त्यो सेवा हैन व्यापार हो । हद से हद सेवा व्यवशाय भन्न सकिएला । नाफा घाटा वा धन संकलनको सोच पलाउने वित्तिकै त्यो धार्मिक संस्था हुनै सक्दैन त्यो त व्यापारिक संस्था हो । यसको अर्थोपार्जनमा सहायक भए वापत किन कसैले मजदुरी नखोज्ने जसरी श्री पशुपतिनाथका भट्टहरुले खोजे ।

स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७५ जेठ १० गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here