२०८२ माघ ७ गते, बुधबार १२:३६

परमात्मालाई छल गर्न सकिन्छ र ?

– स्वयम्भुनाथ कार्की

परमात्मा, भगवान, इश्वर, अल्लाह, परमपिता, गड जे नामले बोलाए पनि जुन भाषा वा समप्रदायमा भए पनि तथा आस्तिक नास्तिक जो भए पनि धारणा भनेको सर्वशक्तिमान कै हो , सर्वज्ञ कै हो अनि समदर्शी सुकर्मको फलदाता र कुकर्मको दण्डदाताको नै हो । यस्तो हुन सक्छ भनरे विश्वसा राख्ने आस्तिक भए, यस्तो हुन सक्दैन भनेर अविश्वास गर्नेहरु नास्तिक भए । आस्तिक र नास्तिकमा मुलभूत भिन्नता यही नै हो । आआफ्नो पक्षको तर्क प्रभावकारी बनाउन आध्यतत्मवाद, भौतिकवाद आदिको आवरण ओडाइने गर्दछ । जव ईश्वरको मूलभूत मान्यतालाई नै जानीजानी वा नजानी तोडिने गर्दछ त्यति खेर आस्तिकता, भक्तिको भेषमा नास्तिक पैदा हुन्छ । यस्तो नास्तिक खुल्लारुपले आफुलाई नास्तिक भन्ने भन्दा हजारौ गुणा खतरनाक हुन्छ ।

एक रोचक प्रसंग छ, एउटा ठुलो महात्मा सबैलाई स्वर्गको मार्ग बताउने गर्दथ्यो । स्वर्ग पुग्ने छोटो र सरल बाटो बताउने गर्दथ्यो । दानको यस्ते महिमा गाउने गर्दथ्यो कि सबै मन्त्रमुग्ध हुन्थे । आफ्नो प्रसिद्धि बढदै गएको, आफुले भनेको कुरा भक्तहरुले पत्याउदै गएको देखेर उसको मनमा एक बुििद्ध पलायो । उसले स्वर्गको टिकट अग्रिम बुकिङ्ग गर्न शुरु गर्‍यो , धेरै सम्पत्ति कमायो । एक दिन एउटाले आएर उसको सबै सम्पत्ति लुट्यो । पिडाले रन्थनएको त्यो महात्माले लुटेरालाई भन्यो ‘ तेरो यो पापको निमित्त प्रभुले तँलाई चिरकालसम्म रौरव नर्कमा हाल्ने छन ’ । लुटेराले हाँस्दै भन्यो , ‘ सम्भव नै छैन स्वामी जी, मैले पहिले नै तपाईबाट स्वर्गको टिकट किनी सकेको छु ’ । उसले माहात्माबाट किनेको टिकट पनि देखायो ।

अब यो प्रसंगमा कुन पुण्य थियो के पाप थियो त्यो विवेचन गर्ने घेरै भ्रमित हुन सक्छ । प्रश्न उठ्छ, के त्यो महात्मा स्वर्गको टिकट बेच्ने अधिकार सम्पन्न थियो ? के सम्पत्तिले धर्म किनेपछि सबै पाप पखालिन्छ वा भविष्यमा थप पाप गर्ने अधिकार पाइन्छ ? सबैभन्दा ठुलो प्रश्न त यो छ कि के दुवै पक्षले भगवानको आदर गरे त ? भगवान सर्वज्ञ हुन भने यसरी भगवानलाई धोका दिन सकिन्छ त ? यस्ता अनेक किसिमका प्रश्नहरुको उत्तर नखोज्ने हो भने समाजमा यस्ता किसिमका धनले धर्म वेच्ने र खरिद गर्नेहरुले सम्पूर्ण समाज दुषित बनाई रहन्छन । यस्तो कृयाकलाले सम्पुर्ण समाज नै कलंकित हुन्छ, यो कलंक केवल आस्तिकलाई मात्र लाग्दैन त्यो समाजमा रहेका नास्तिकलाई पनि लाग्छ । त्यसैले मलाई के खाँचो भनेर बस्नु पनि अपराध हो ।

आस्तिक पक्ष, नैतिकता, अनैतिकता आदि पक्ष भन्दा पनि यस्ता कुराले समाजका अरु धेरै पक्षमा मन्द बिष घोलीरहेका हुन्छन जसमा तुरन्त ध्यान जादैन । कतिपय धार्मिक प्रतिष्ठानका हर्ताकार्त भएकाहरु र तिनका समर्थकहरुले भन्ने गरेको कुरा सुन्ने हो भने यसरी जम्मा गरेको धन समाजको भलोमा लगाईन्छ । यदि धन नहुने हो भने कसरी समाजिक काम गर्न सकिन्छ ? यी तर्क पाच्य भने हैनन, किनभने के यस्ता संस्थाहरुले साँच्चै समाज सेवा गरेका छन त भनने प्रश्न नउठाउने हो भने पनि मान्छेको सामाजिक दायित्व बहन गर्ने प्रवृत्तिमा ह्रास ल्याएका छन । प्लान इल्टरनेशनललाई संसारभर काम गर्न धर्मको नामा पैसा उठाउनु परेन । नेपालमा पनि कतिपय समाज सेवी संस्थाहरु छन जो धर्मको नाममा नभई आफ्नो कामको निमित्त नै भनेर भन्दा पनि पैसा पाई रहेका छन र काम पनि सम्पन्न गर्दैछन । बरु धर्मको नाममा, पुराण लगाएर गरिने भनेका कति प्रतिशत काम पुरा भएका छन त्यसको लेखा जोखा पाईन्न ।

धर्मको वा धार्मिक अनुष्ठान गरेर सामाजिक काम हुदै नभएका हैनन, दाताले आफुले कुन लक्षको निमित्त दान दिएको भन्ने थाहा पएको हुन्छ , यो काम भए नभएको अप्रत्यक्ष अनुगमन पनि गरेको हुन्छ । विराटनगरको परोपकार घाटले त्यहाको शिव मन्दिरमा टिकट नलगाई पनि आफ्ना योजना पुरा गर्न सहृदयी दाताबाट मनग्य प्राप्त गर्छ । इमानदारिताको शर्त पुरा गरिएकाले नै होला त्यो संस्थाले आव्हान नै नगादाृ पनि सहयोग गर्नेहरु आफै रुचि लिएर सहयोग गर्दैछन । त्यसको विपरित वाचन शिरोमणीहरुद्वारा पुराण लगाएर किर्ति राख्ने, धर्म कमाउने लोभमा गरिने भनेका कयौं योजनाहरुको अहिले थलो किलो नै छैन । चतरामा बालसन्तले जुन धार्मिक तिर्थस्थल विकास गरेका छन त्यको निमित्त उनले भगवान दर्शनलाई टिकट लगाएको सुनिएको छैन ।

तर विस्तारै घर्मको प्रलोभनमा दान गराउने प्रवृत्ति बढ्दै गयो भने सहृदयी हातहरु सामाजिक काममा पछि हट्दै जाने छन । धनको तुजुक देखाएर तिमीहरु भन्दा म महत्वपरुर्ण हुँ भन्नेहरुको बोलवाला हुदै जानेछ । अनि कालान्तरमा रेस्टुरेन्टमा मिनु बोर्ड जस्तै मन्दिरमा तथा धार्मिक जात्राहरुमा पनि मुल्यसुची टाँगिएको देख्न पाईने छ । संभवत आलेखको यस्तो प्रवृत्ति त्रिक हैन भनेर लेखिएको यही भागले धर्म व्यापारीहरुलाई यसो गर्दा पनि कमाउन सकिन्छ भन्ने प्रेरणा मिल्ला , तर यस्तो प्रेरणा लिइयो भने तिर्थस्थलमा धार्मिक जात्राहरुमा आस्थाले दान पनि दिने र स्वयंसेवक भएर काम गर्नेहरुले पनि आफ्नो श्रमको मुल्य माग्नु पर्छ भन्ने सोच राख्न सक्छन , र यो उचित पनि हुन्छ किनभने कुनैकाम नाफा घाटालाई ध्यानमा राखेर गरिन्छ भने त्यो सेवा हैन व्यापार हो । हद से हद सेवा व्यवशाय भन्न सकिएला । नाफा घाटा वा धन संकलनको सोच पलाउने वित्तिकै त्यो धार्मिक संस्था हुनै सक्दैन त्यो त व्यापारिक संस्था हो । यसको अर्थोपार्जनमा सहायक भए वापत किन कसैले मजदुरी नखोज्ने जसरी श्री पशुपतिनाथका भट्टहरुले खोजे ।

स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७५ जेठ १० गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM