२०८३ बैशाख ७ गते, सोमबार १४:१८

नयाँ वर्षको अवसरमा ‘राम साईली’ सार्वजनिक

काठमाडौं । नयाँ वर्षको अवसर पारेर ‘राम साईली’ बोलको नयाँ लोकगीत सार्वजनिक गरिएको छ । गायिका पुजा परियार र गायक लक्ष्मण बीसीको स्वरमा सजिएको उक्त गीत दर्शक तथा श्रोतामाझ ल्याइएको हो ।

गीतमा सर्जक अनिश दवाडीको शब्द तथा संगीत रहेको छ । नयाँ वर्षको सन्दर्भलाई समेट्दै सार्वजनिक गरिएको यो गीत गायिका पुजा परियारकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसअघि ‘तिम्रो त यो दुनिया छ’, ‘गलबन्दी चिनो’, ‘नमाने लतार्छु’ र ‘पुरानो दौतरी’ जस्ता सफल गीतमार्फत चर्चा कमाएकी पुजाले वर्षको सुरुआतमै नयाँ सिर्जना सार्वजनिक गरेकी हुन् ।

गीतको म्युजिक भिडियोमा कलाकार जुना गुरुङ र शिशिर पौडेलको अभिनय देख्न सकिन्छ भने भिडियो निर्देशन बिशाल घिमिरेले गरेका छन् । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ कार्य सागर बाजुरालीले सम्हालेका छन् ।

नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको ‘राम साईली’ ले लोकसंगीतप्रेमी दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् भिडियो :

 

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM