– प्रशान्त महासागर
मलाई राष्ट्रपतिको अनुहार हेर्न मन छैन् । कारण धेरै मध्येको एक उनी मौसुफ बन्नु भयो । जुन राजा फाल्न गरिएको अर्थपूर्ण संघर्षलाई बेअर्थ बनाउने कार्य सहज नाटकीय पनि भएन् मञ्चन भयो र सबै कार्यकर्ता देखि नेता अनि जनताले मान्नु पर्ने प्राणी बने जुन स्वयम् उहाँकै लागि आहुति हुने प्राणीको लक्ष्य थिएनन् । देश र जनताको चाहना विपरित आफु हुँदा पद र पथ सच्याउन कुनै पहल नहुनु र आफ्नो व्यवहारले आफु सक्षम छु भन्न नसक्नु देशको लागि एक अभिश्राप हुनसक्छ । र त्यही नै सतिले सरापेको पनि बन्न सक्छ । यहाँ मैले सतीको अर्थ सत्य भन्न खोजेको हो ।
इतिहासमा हामीले धेरै संघर्ष गर्यौं । व्यवस्था परिवर्तन पनि गर्यौं । तर अवस्थाको मामिलामा चाहे त्यो काँग्रेसको शासन होस् चाहे कम्युनिष्ठको शासन होस् देश र जनता हिजो भन्दा आज नाजुक अवस्थामै बाँच्नु पर्ने बन्दै गए । देश खोक्लो र जनता निरिह भई सास फेर्नु पर्ने अथाह प्रावधानहरु बन्दै जाँदा नि नेताले सबै स्विकार्य कुरा गर्नु र सत्ता एवम् शक्तिले जनतामाथि बुलडोजर चल्नुले व्यवस्था परिवर्तनको कुनै औचित्य छैन् । हिजो राजासँग लड्नु पर्ने जुन जुन प्रावधानहरु हुन् आज शासक नेताहरुसँग लड्नु पर्ने यथास्थितमै छन् । रुप फेरिए पनि सोच फेरेकाहरु शासनमा नआउनु भनेको देशकै हत्या हुन दिनु हो । यो न जनता जो देश छोड्नमै रमे बाँकी कति झण्डा बोक्नमै रमे भने बाँकी कति सड्नु नै जीवन सम्झे तिनीहरुले त बुझेन् त्यो बेग्लै कुरा हो तर बुझ्नेहरु पनि सहज सरल तरिकाले, स्वार्थहीन भावले बुझाउन खोज्दैन् । विभाजन र शासन पद्धति नै राजनीति सोच्नु सिवाय नेताले अर्को जानेन् भने जनता स्वयम् कार्यकर्ता हुँदा मेरो गोरु बाह्रै तका भने झै लाग्नु साधारण कुरा भए । जस्को सानो निचोड भनेकै बाख्राको ठाउँमा जनताले हात्ती पाल्नु नै हो । व्यवस्थामा अक्षर फेरबदल गरेर परिवर्तन भयो आयो भन्नु सिवाय अर्को केही प्राप्ति भएनन् । जुन बुझ्न कसैले चाहेनन् । फलत नेपाल, नेपाल रहेन् । संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्दा नि चिन्ताको विषय केवल पहिचान र अधिकार मात्र भए । तर ती अधिकार एवम् पहिचान मात्र पेट पाल्नसँग मात्र सम्बन्धित बने जुन कार्य कुकुरले भुकेर गरिरहेका थिए । यति कुरा आज नेपालीहरुले बिर्सिएका कारण एकबाट अनेक राजा जन्मिएका हुन् । हिजो एक राजासँग लड्न आम नेपालीहरु थिए । तर आज सबै टुक्रिएका छन् । राजाको शक्ति हजार गुणा बढेका छन् जनता सयमा विभाजित भएका छन् । यस्तो अवस्थामा कस्को साथमा को कहाँबाट लड्ने…बिडम्बना अब यहि छ । यहाँबाट अब नेपाल हेर्ने हो भने मुश्किलैले भेट्ने छ किनभने राजासँग लडेर बनेका राजाहरुलाई जनताको होईन् आफ्नो चिन्ता बढि छन् र कुशल पनि । यस्तोमा अब जनताले पनि कुकुरकै भूमिका निर्वाहमै जीवन खर्च गर्ने हो भने आफुलाई डर लाग्ने कुकुर बौलाह हो भन्दै कहाँ कसरी तह लगाउने ज्ञान तिनीहरुसँग धेरै छन् । कुन ठाउँमा के रोप्दा बढी उब्जाउ हुन्छ जनतालाई भन्दा शासकलाई धेरै ज्ञान छन् । त्यसैले व्यवस्थाले दिन खोजेको अवस्था हाम्रो होईन् । हामीलाई हिजो जसरी राजा खराब लागेको थियो आजका राजाहरु त्यस्तै हुँदा सहन हुन्छ भने हिजो र आजमा के फरक छ सोचिएन् भने अझ बढि राजाहरु टोल टोलमा जन्मिने छन् जस्को जिम्मा हाम्रो हुनेछन् । हामीले हाम्रा सन्ततिहरु बेचेर ती राजाहरु पाल्नु पर्ने हुनेछन् । अनि रेमिटेन्सले धानेको देश नेपाल नै हो स्विकार्नु सिवाय अरु विकल्प हुनेछैन् । आफुहरु भूपु नेपाली बन्दै बाँच्दै जानु पर्ने पनि हुनेछन् ।
अन्तमा अब पनि हामी नेपालमा नेपाली बन्न जानेनौं भने हामी भुपु नेपाली हामी मात्र होइनौं प्रवासि सुकुम्वासि नेपाली हुनेछौं । एक राजा फालेर अनेक राजा पाल्नु हाम्रो कर्तव्य र दायित्व यदि कुनै राजनीतिले सिकाउँछन् भने त्यो गलत हो हामीले भन्न सकेनौं भने नेपालमा जन्मिनु एक अभिश्राप सिवाय अरु हुनेछैन् । भोक र सहज मात्र जीवन हो सोच्न सिक्यौं भने नेपाली हामी एक भुस्याहा भन्दा अलिक बढी मान्य भएको प्राणी हुनेछैनौं । बेलैमा सोचौं व्यवस्था परिवर्तन भई सकेको छ अब अवस्था त्यही स्विकार्य हुनु भनेको त्यस्तै त्यो भन्दा तलका हामी हौं मान्नु हो ।
२०७५ वैशाख ६ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित