२०८३ बैशाख २ गते, बुधबार १०:०८

के संसदीय राजनीति घृणित खेल नै हो त ?

– सन्तोष मिश्र

आधुनिक युगमा राजनीतिलाई कला र विज्ञान दुबै मानिन्छ, राजनीतिलाई आदर्शवाद र नैतिकतावादी परिधि बाहिर ल्याउने प्रयास गरेको पाइन्छ । राजनीतिका सैद्धान्तिक र व्यवहारिक पक्ष छन् । राजनीति शब्दको प्रयोग राज्यको कृयात्मक रुपमा गरिन्छ । व्यवहारिक राजनीति नै आज वास्तविक राजनीति मानिन्छ । निर्वाचन, राजनैतिक दलको व्यवहार, सरकारी लक्ष्य प्राप्त गर्ने तरिका इत्यादीलाई आजकल राजनीति भनिन्छ । यस प्रकार राजनीतको अर्थ दलबन्दी, शासन चलाउने दाउपेच, चुनाव जित्ने तरिका इत्यादी भइसकेको छ । राजनीतिको सम्बनध राज्यको बाह्य आचरणसँग छ । राजनीति शब्दको प्रयोग दिन प्रतिदिन संकुचित अर्थमा हुन लागेको पाइन्छ । राजनीतिको सम्बनध राज्यको बाह्य आचरणसँग छ । आफ्नो स्वार्थ सिद्धको लागि जुन साधन अपनाइन्छ त्यही नै राजनीति बन्न पुगेको छ । राजनीतिको प्रयोग गुट, फुट र लूट, धोखेबाजी, बेइमानी, झुठ, फरेव, भय, भ्रम, खोक्रो आश्वासन, भ्रष्टाचार, भागबण्डा, सत्तालिप्साको अर्थमा हुन लागेको छ । राजनीति आम जनताबाट टाढिने क्रममा छ । प्रत्येक उत्तरदायि व्यक्तिलाई राजनीतिसँग सम्बन्ध राख्नै पर्दछ, यसको सहाराबाट नै विभिन्न समस्याहरू समाधान गर्न सकिन्छ, भनिन्छ । वास्तविक अर्थमा राजनीतिक एक मानीय प्रकृया हो । अहिले राजनीति एउटा पेशा र समस्या बनेको छ । राजनीतिमा लागेका व्यक्तिहरूको प्रवृत्ति देश र जनताको सेवक भन्दा मालिक बन्ने किसिमको छ । आधुनिक युगमा राजनीति घृणाको प्रतिक बनिसकेको छ । जसले गर्दा अशान्ति, अराजकता, हिंसा, भिडन्त, अस्थिरता र आतंक देखा परेको छ ।
राजनीतिको स्वरुप व्यापक छ । यसको उपयोगिता पनि छ तर राजनीतिमा संलग्न खराब प्रवृत्तिका व्यक्ति, गलत चिन्तन, गलत सम्झौता, गलत नीति र दृष्टिकोणले गर्दा व्यवहारिक जटिलता देदा परेको छ । मानवीय समस्याहरू समाधान गर्ने दृष्टिकोणबाट राजनीति कृयाहरू बुझ्नको लागि, राज्य र सरकारको एक कलाका रुपमा तथा अन्तर्राट्रिय समस्याहरूको समाधान गर्ने रुपमा यसको अध्ययन विशेष उपयोगी प्रतीत हुन्छ । प्रयोगकालागि भनेर संसदीइ व्यवस्थाको नेतृत्व गर्ने व्यक्तिहरूको अयोग्यता, असंयमता, अधैर्यता, अकुशलता, गलत मानसिकता, प्रवृत्ति र व्यवहारले राजनीतिलाई प्रदूषित बनाएको हो । राजनीति आफैंमा खराब होइन, राजनीति साधन हो साध्य भने होइन । राजनीतिका निर्णायक शक्ति, परिवर्तनका संवाहक शक्ति जनता हुन् । राजनीतिका लागि देश र जनता साध्य हुन् । राजनीतिको विधि, पद्धति, प्रकृया, अनुशासन, मूल्य, मान्यता संस्कार र संस्कृति हुन्छ । राजनीति शास्त्रको आरम्भ र अन्त्य राज्यको साथ हुन्छ । राजनीति एक निरन्तर, परिवर्तनशील र सर्वव्यापी प्रकृया हो । जसको मूर्तरुप हुन्छ । कुनै पनि परिस्थितिमा सामना र माधान गर्ने निर्णय यसको प्रादूर्भाव विशेष किसिमको परिस्थितिबाट हुन्छ । राजनीतिक कार्य भनेको त्यस्तो कार्य हो जस अनुसार एउटै नागरिक संगठनको सदस्यको रुपमा परस्पर सम्बन्ध भएका मानिसहरू त्यस संगठनको व्याख्या र अवस्थाबारे तिनको वाञ्छनीयताको दृष्टिकोणबाट सोच्दछन् र बोल्दछन् । त्यस प्रकारका व्यवस्था र अवस्थामा परिवर्तनकालागि सुझाव दिन्छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा साम्राज्यवादको मात्र शक्ति रहेन र यसको विरोधमा शक्तिको उदय भयो । साम्राज्यवादी र साम्यवादीको बीचमा चलेको राजनैतिक प्रतियोगिताको अध्ययन गरिन थालिएको छ । राजनीति शास्त्र एक अनुपमवादी विज्ञान हो र यसको मूख्य उद्देश्यक शक्तिको निर्धारण एवं शक्तिमा सहभागिता भन्ने छ । राष्ट्र निर्माणमा केन्द्रित राजनीति र सत्ता निर्माणमा केन्द्रित राजनीतिको कति फाइदा, बेफाइदा छ छर्ल· छ । राजनीति र अर्थनीति एउटा सिक्काको दुई पाटा हुन् । अर्थनीतिका कारण राजनीति असफल हुन्छ । राज्यको नीतिले उत्पादन र वितरणमा ठूलो प्रभाव पार्दछ । राजनीति शास्त्र र अर्थशास्त्र दुबैको सम्बनध मनुष्यसँगै हुन्छ । मानव कल्याण गर्नु नै दुबै शास्त्रको उद्देश्य हो । माक्र्सले बताएका छन् कि मानव समाजको सम्पूर्ण राजनैतिक ढाँचा आर्थिक प्रतिबिम्ब मात्र हो । अर्थशास्त्र बिना राजनीति शास्त्र अवास्तविक एवं सारहीन ढाँचा मात्र हो । आर्थिक असन्तोषले शासनसत्ता, व्यवस्थालाई टिक्न दिंदैन । आर्थिक विषमताले संसारमै उत्कृष्ट भनिएको संसदीय व्यवस्थालाई पनि निकृष्ट बनाउन सक्दछ । संसदीय प्रजातान्त्रिक व्यवस्था भित्रबाट पनि निरंकुशता र तानाशाही उत्पन्न हुन सक्दछ । अर्थनीति वस्तुहरूसँग सम्बन्धित छ । भने राजनीति मानिसहरूसँग सम्बन्धित छ । व्यक्ति र समाजको गतिविधिलाई मनुष्यको स्वतन्त्र इच्छाले मात्र होइन, भौगोलिक वातावरण, खासगरी जलवायु, खानपीन, माटो र प्रकृतिको सामान्य पक्षले निर्धारण गर्दछन् । भौगोलिक वातावरणले गर्दा नै नेपालले समान दूरी नीतिलाई अवलम्बन गर्नु परेको हो । राजनीति शास्त्र र सामाजिक शास्त्रहरूमा अन्योन्याश्रित सम्बन्ध हुन्छ । मनुष्य एक राजनैतिक प्राणी हो । असल राजनीतिक संगठन भएको समाजमा नै ऊ एक सुखी र समृद्ध जीवन व्यतित गर्न सक्छ । असंगठित समाजमा अराजकताको स्थिति हुन्छ र मनुष्य जीवन संघर्षमय हुन्छ ।

नेपालको राजनीति अव्यवस्थाको चक्रव्यूहमा फसेको छ । नेपालको राजनीति अपरिपक्व र गन्तव्यहीन छ । राजनीति उद्देश्य र लक्ष्य उपलब्धीमूलक छैन । संघीय लोकतान्त्रिक गणतन्त्र रुपी संसदीय व्यवस्था र यस व्यवस्थाका हिमायतीहरुको प्रवृत्ति खराब देखिएकोले देशमा दीर्घकालीन असर पर्ने थुप्रै कार्य हुन गई नेपाल र नेपालीको भविष्य नै संकटमा पार्ने काम भएको छ । देशमा द्वन्द्व व्यवस्थापन होइन, द्वन्द्व झन झन बल्झिएको छ । संघीयताको कार्यान्वयन र क्रिश्चियन धर्म परिवर्तन अभियान नेपालको प्रमुख चुनौती हो । अबको राजनीति झन जटिल बन्दै गएको छ । पदमुखी, व्यक्तिमुखी, भ्रष्टाचारमुखी राजनीतिक व्यवस्थाले नेपाली जनतामा विद्यमान कुनै पनि समस्याको समाधान गर्न सक्ने राजनीति वातावरण देखिंदैन ।

संसदीय व्यवस्था घृणित राजनीत खेलमा परिणत भईसकेको छ । सिंह न पुच्छरको संसदीय व्यवस्थाले नेपाल र नेपालीको आवश्यकता र इच्छा संवोधन गर्न नसक्ने स्पष्ट संकेत गरिरहेको छ । त्यतिखेर नेपाली जनताले आफ्नो रक्षा र उन्नतिकालागि विद्रोह गर्नुपर्ने अवस्था आउने छ ।

२०७५ वैशाख ६ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM