२०८२ फाल्गुन २४ गते, आईतवार २२:२४

पूर्वराजा ज्ञानेन्द्र छानबिनमा तानिन सक्छन् ?

१६ चैत, काठमाडौं । राजधानीको तीनकुनेमा शुक्रबार भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गयो । प्रदर्शनकारीले सार्वजनिक सम्पत्ति, सञ्चारगृह, राजनीतिक दलको कार्यालय तोडफोन गरे । भाटभटेनी डिपार्टमेन्टल स्टोरमा लुटपाट गरे ।

घटनापछि प्रहरीले विध्वंशको योजना बनाएको आरोपमा राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर जबरा लगायतलाई पक्राउ गर्‍यो । राजावादीहरूको आन्दोलन समितिका संयोजक तोकिएका नवराज सुवेदीलाई प्रहरीले उच्च सुरक्षा निगरानीमा राखेको छ ।

प्रहरीले पक्राउ गर्न खोजेपछि राजावादी आन्दोलनको कमाण्डर तोकिएका दुर्गा प्रसाई फरार छन् । पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा भएको भेलाले आन्दोलनको घोषणा गरेको भन्दै कतिपयले यो घटनामा उनलाई जिम्मेवार बनाइदिनुपर्ने अभिव्यक्ति दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढ्नुपर्ने भनी सामाजिक सञ्जालमा ‘अरेष्टज्ञानेन्द्र’ ह्यासट्यागमा अभियान चलेको छ ।

शक्रबारको प्रदर्शनअघि राजावादीहरूले कमाण्डर तोकेका दुर्गा प्रसाईंले बिहीबार निर्मल निवास पुगेर राजासँग सल्लाह गरेको र उनकै निर्देशनमा विध्वंश मञ्चाएको भन्दै कतिपयले अन्ततः ज्ञानेन्द्रलाई यसमा जिम्मेवार बनाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

काठमाडौं महानगरपालिकाले राजावादीहरूको प्रदर्शनका कारण काठमाडौंका विभिन्न सडकमा फोहोर भएको, सार्वजनिक सम्पत्ति तोडफोड भएको अनि दमकलमा क्षति पुगेको भन्दै ज्ञानेन्द्र शाहलाई नै करिव आठ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकमा बितण्डाका घटनामा पूर्वराजा ज्ञानेन्द्रको भूमिकाबारे छलफल गर्दै उनलाई कारबाहीको दायरामा ल्याउने विषयमा छलफल भएको थियो ।

महानगरपालिकाले आन्दोलनको नेतृत्व गरेकोमा शाहलाई जिम्मेवार ठहर्‍याउँदै निर्मल निवासको ठेगानामा जरिवानाको पत्र पठाएको हो । महानगरपालिकाले ‘निजी सम्पत्तिको क्षतिपूर्ति स्थानीय सरकारको क्षेत्राधिकार नभएको’ भन्दै त्यसको पनि मूल्यांकन गरेर पूर्वराजा ज्ञानेन्द्रबाट असुल्न संघीय सरकारलाई घुमाउरो रुपमा चुनौती दिएको छ ।

आफैंले आन्दोलन गर्न उक्साएको, आन्दोलनले हिंसात्मक स्वरुप लिएको अवस्थामा पूर्वराजा ज्ञानेन्द्रलाई सहजै अनुसन्धानको दायरामा ल्याउन सकिने बताउँछन्, न्यायपरिषदका पूर्वसदस्य रामप्रसाद श्रेष्ठ ।

२०६२/६३ को जनआन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको नेतृत्वमा गठन भएको उच्चस्तरिय आयोगमा सदस्य भएका उनी अहिले ज्ञानेन्द्रलाई सहजै अनुसन्धानको दायरामा ल्याउन सकिने बताउँछन् ।

श्रेष्ठ भन्छन्, ‘उनकै निवासमा बैठक बसेर उनकै कारण आन्दोलन अघि बढेकोमा विवाद छैन, उनकै नेतृत्वमा आन्दोलनका कमाण्डरहरू परिचालन भएको भन्ने आएपछि सत्यतथ्य पहिल्याउन पनि ज्ञानेन्द्रलाई अनुसन्धानको दयारामा ल्याउनुपर्छ ।’

फौजदारी न्यायप्रणालीले अपराधिक क्रियाकलाप गर्नेहरूलाई मात्रै नभएर योजनाकारलाई समेत कसुरदार ठान्ने भएकाले पूर्वराजा ज्ञानेन्द्रलाई अनुसन्धानको दायरामा तान्नुपर्ने उनको राय छ ।

‘उनी (ज्ञानेन्द्र शाह) घटनास्थलमा थिएनन्, तर योजना बनाउने बैठकमा सहभागी भएको भन्ने कुरा आएकाले सरकारले बोलाएर सोधपुछ गर्ने र संलग्न भेटिए त्यही अनुसारको कारबाही गर्नुपर्छ’ वरिष्ठ अधिवक्ता समेत रहेका श्रेष्ठ भन्छन्, ‘त्यतिबेला नै हाम्रो प्रतिवेदन अनुसार कारबाही गरेको भए यो अवस्था आउने थिएन । उन्मुक्ति दिएकाले यो अवस्था आएको हो ।’

दोस्रो जनआन्दोलन दमनको घटनामा जाँचबुझ आयोगमा सदस्य भएर काम गरेका पत्रकार हरिहर विरही आन्दोलनमा ज्ञानेन्द्रको भूमिका केलाउन यी आधार पर्याप्त हुने बताउँछन् ।

छानविनको दायरामा नल्याउने तथा कुनै कारबाही पनि नगर्ने परिपाटीले गर्दा मानव अधिकार उल्लंघनका घटनामा संलग्नहरूको मनोबल बढेको बताउने श्रेष्ठ आगामी दिनमा यस्तै घटना हुन नदिन पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउँछन् ।

अघिल्लो महिना २५ फागुनमा पोखराबाट काठमाडौं आउने क्रममा राजावादीहरूले ज्ञानेन्द्र शाहको भव्य स्वागत गरेका थिए । त्यो घटनाबाट हौसिएका उनले राजतन्त्र पुनस्र्थापनाको आन्दोलन चर्काउन समर्थकहरूलाई उक्साएका थिए ।

७ फागुनपछि उनका क्रियाकलापहरू आफ्ना समर्थकलाई उक्साउने र शान्तिपूर्ण वातावरण बिथोल्नमा केन्द्रित देखिन्थ्यो । त्यसै सिलसिलामा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष एवं राजावादी नेता नवराज सुवेदी आन्दोलन परिचालन समितिका संयोजक तोकिए भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कमाण्डर चयन गरियो । शुक्रबारको बितण्डा हुनुअघि प्रसाईंले निर्मल निवासमै पुगेर पूर्वराजा ज्ञानेन्द्रसँग सरसल्लाह गरेका थिए ।

शुक्रबारको प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रको उक्साहटले पनि काम गरेको निष्कर्षका साथ राजनीतिक वृत्तमा पनि यसबारेमा छलफल र समीक्षा भएको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकमा बितण्डाका घटनामा पूर्वराजा ज्ञानेन्द्रको भूमिकाबारे छलफल गर्दै उनलाई कारबाहीको दायरामा ल्याउने विषयमा छलफल भएको थियो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई छाडा हुने छुट नहुने चेतावनी दिए । ‘जे भइराखेको छ, अब एकदम स्पष्ट भएको छ कि यसको पछाडि ज्ञानेन्द्र शाह नै हो,’ उनले भने, ‘सरकारले अपराधी सबैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याओस् ।’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि ज्ञानेन्द्रको भूमिकामा प्रश्न गरेका थिए ।

न्यायपरिषदका पूर्वसदस्य रामप्रसाद श्रेष्ठ आपराधिक घटनाका योजनाकार तथा मतियारहरूलाई अनुसन्धानको दायरामा ल्याउन सकिने भन्दै अब भने पूर्वराजा ज्ञानेन्द्रलाई उन्मुक्ति दिन नहुने बताउँछन् ।

पत्रकार हरिहर विरही शुक्रबारको घटनामा तत्कालीन राजा ज्ञानेन्द्रको भूमिका देखिने कैयौं आधारहरू सार्वजनिक वृत्तमै उपलब्ध भएको बताउँदै उनलाई जवाफदेहिताको कठघरामा उभ्याउनुपर्ने बताउँछन् ।

राजावादी अभियान चलाइरहेका दुर्गा प्रसाईंले ‘तपाईं चुपचाप निर्मल निवासभित्र बसिरहने, हामी सडकमा लडिरहने ?’ भन्दै राजा ज्ञानेन्द्रलाई सडकमा निस्कन उक्साएका थिए । ७ फागुनमा ज्ञानेन्द्रले वक्तव्य दिएर आन्दोलनको वातावरण निर्माण गरेपछि तामझामका साथ काठाडौं फर्किने तयारी गरे । समर्थकहरूकै उत्साहटमा पोखराबाट फर्किदा सडक र्‍याली र स्वागतका बीच निर्मलनिवास पुगेका थिए ।

शुभचिन्तकहरूको भीड र समर्थनले उत्साहित ज्ञानेन्द्रले यसबीचमा पटकपटक आफ्ना समर्थकहरूसँग निर्मल निवासमा छलफल गरेका थिए । पूर्वराजाको सचिवालयमा रहेका डा. फणिराज पाठकहरू आन्दोलनलाई उत्तेजक बनाउन प्रेरक बनिरहे । त्यसपछि नवराज सुवेदीलाई संयोजक र दुर्गा प्रसाईंलाई कमाण्डर तोकिए ।

दोस्रो जनआन्दोलन दमनको घटनामा जाँचबुझ आयोगमा सदस्य भएर काम गरेका पत्रकार हरिहर विरही आन्दोलनमा ज्ञानेन्द्रको भूमिका केलाउन यी आधार पर्याप्त हुने बताउँछन् । ‘आफूले आह्वान गरेको आन्दोलन हिंसात्मक हुँदा र व्यक्तिको ज्यान जाँदा समेत उनले नैतिक जिम्मेवारी लिएको देखिँदैन’ विरही भन्छन्, ‘यसबाट नै उनको रवैया र चरित्र स्पष्ट हुन्छ ।’

त्यसमाथि आन्दोलन हिंसात्मक वितण्डामा रुपान्तरिक भएपछि सिर्जना हुने दायित्वबाट पूर्वराजा ज्ञानेन्द्र विमुख हुन नसक्ने उनी बताउँछन् ।

‘ज्ञानेन्द्रले आह्वान गरेको आन्दोलन हिंसात्मक घटनामा रुपान्तरिक भएको हो । आपराधिक क्रियाकलाप भएपछि नेतृत्व गर्नेमाथि अनुसन्धान त हुनैपर्छ,’ विरही भन्छन्, ‘अनुसन्धान गर्ने निकायले उनीमाथि छानविन गर्न र हिंसात्मक घटनामा संलग्न भेटिए कारवाहीको दायरामा ल्याउन ढिलाइ गर्न हुँदैन ।’

न्यायपरिषदका पूर्वसदस्य रामप्रसाद श्रेष्ठ आपराधिक घटनाका योजनाकार तथा मतियारहरूलाई अनुसन्धानको दायरामा ल्याउन सकिने भन्दै अब भने पूर्वराजा ज्ञानेन्द्रलाई उन्मुक्ति दिन नहुने बताउँछन् ।

‘हिजो जनआन्दोलनको दमनमा मन्त्रिपरिषद् अध्यक्षको हैसियतले उनी दोषी हुन् । कानूनी कारबाही गर्नुपर्छ भनेर हामीले प्रतिवेदन दिएका थियौं,’ श्रेष्ठ भन्छन्, ‘त्यतिबेला कारबाही गरेको भए अहिले यस्तो हालत हुँदैनथ्यो । अब भने उनलाई अनुसन्धानको दायरामा ल्याउन र संलग्न देखिए कारबाही गर्न ढिलाइ गरिनुहुन्न ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM