२०८२ फाल्गुन २४ गते, आईतवार २२:२७

थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी

बैङ्कक, थाइल्याण्ड । युद्धग्रस्त म्यान्मा र छिमेकी मुलुक थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ ।

विश्व समुदायबाट भूकम्प प्रभावित क्षेत्रमा आर्थि राहत तथा सहायता र भौतिक सहयोग आउने क्रम जारी रहेको छ । 

भूकम्पका कारण म्यान्मामा हजारौँ व्यक्ति मारिएका हुनसक्ने घटनास्थलमा पुगेका सहयोगी समूहहरूले जानकारी गराएका छन् । 

 विश्व स्वास्थ्य सङ्गठन 

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले भूकम्पपछिको ‘ट्रमा इन्जुरी’ सामग्री तयार गर्न दुबईमा रहेको आफ्नो केन्द्रलाई परिचालन गरिरहेको र यसको आपतकालीन व्यवस्थापन प्रतिकार्यलाई गति दिएको जनाएको छ ।

प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभास्थित मुख्यालयबाट भूकम्प प्रतिकार्यका लागि समन्वय गरिरहेको जानकारी दिँदै भन्नुभयो, “हामी यसलाई ठूलो घटनाका रुपमा हेरिरहेका छौँ।”

 चीन 

बेइजिङको आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार ८२ जनाको उद्धार टोली म्यान्मा पठाएको जनाएको छ ।

चीनको युनानबाट एउटा छुट्टै उद्धार टोली शनिबार म्यान्माको व्यापारिक केन्द्र याङ्गुन आइपुगेको सीसीटीभीले जनाएको छ ।

चीन सरकारले म्यान्मालाई आपतकालीन मानवीय सहायताका लागि १० करोड युआन (एक करोड ३८ लाख अमेरिकी डलर) पनि उपलब्ध गराउने घोषणा गरेको छ ।

भारत

म्यानमामा शनिबार एक भारतीय सहायता विमान अवतरण गरेको छ ।

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सी–१३० सैन्य परिवहन विमानलाई हाइजिन किट, कम्बल, खाद्य पार्सल र अन्य आवश्यक सामग्रीहरू लिएर पठाइएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सहयोग लिएर गएको उडानमा खोजी तथा उद्धार टोली र मेडिकल टोली पनि रहेको छ ।”

उहाँले घटनाक्रमको अनुगमन जारी राख्ने र थप सहयोग पठाइने पनि उल्लेख गर्नुभयो । 

अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यान्मा भूकम्पपछि त्यहाँको प्रभावित क्षेत्रका वासिन्दालाई सहयोग गर्ने बताउनुभएको छ ।  

“यो भयानक प्राकृतिक विपत्ति भएको छ,” ट्रम्पले ओभल अफिसमा पत्रकारसँग भन्नुभयो । 

“यो वास्तविक एक विनाशकारी विपत्ति हो । हामी मद्दत गर्नेछौँ। हामीले प्रभावित मुलुकसँग कुरा गरिसकेका छौँ ।”

दक्षिण कोरिया 

दक्षिण कोरियाको विदेश मन्त्रालयले भूकम्पपछि ‘तत्काल उद्धार र राहत कार्यमा सहयोग गर्न’ २० लाख अमेरिकी डलर मानवीय सहायता पठाउने जनाएको छ ।

‘कोरियाली सरकारले आफ्नोे सहयोगले प्रभावित क्षेत्रमा जीवन बचाउन र दुःख कम गर्न मद्दत गर्ने आशा गरेको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सियोलले पनि स्थितिको मूल्याङ्कन र प्रभावित मुलुकसँग राय लिई थप सहयोग पठाउन सक्ने बताएको छ ।

इरान

इरानको विदेश मन्त्रालयले शनिबार म्यान्मा र थाइल्याण्डका जनता र सरकारप्रति तेहरानको समवेदना पठाउँदै मानवीय प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ ।

“विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाइद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा ‘राहत र उद्धार प्रक्रियामा सहयोग गर्न इरान तयार रहेको घोषणाु गरिएको छ । 

मलेसिया

मलेसियाको विदेश मन्त्रालयले म्यान्मामा पनि टोली पठाउने जनाएको छ ।

मन्त्रालयका अनुसार एक जना कमाण्डरसहित ४९ जना तालिमप्राप्त उद्धारकर्मीले जारी मानवीय तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउने छन् ।

म्यान्मा र थाइल्याण्ड सदस्य रहेको दक्षिणपूर्वी एशियाली समूह आसियान दुवै देशलाई सहयोग गर्न तयार रहेको विदेशमन्त्री मोहम्मद हसनले बताउनुभयो । 

इन्डोनेसिया

इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले म्यानमा र थाइल्याण्डप्रति समवेदना प्रकट गर्दै सहयोगको प्रस्ताव गरेका छन् ।

“यस कठिन घडीमा हाम्रो विचार र प्रार्थना दुवै देशका जनताको साथमा छ”, उहाँले लेख्नुभएको छ, “इन्डोनेसिया प्रभावित क्षेत्रमा उद्धारप्रयासका लागि आवश्यक सबै सहयोग गर्न तयार छ ।” रासस/एएफपी

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM