२०८२ फाल्गुन २८ गते, बिहीबार ०४:१४

जनप्रतिनिधिज्यूहरू, दशैंमा गाउँ आएका नागरिकसँग के संवाद गर्दै हुनुहुन्छ ?

मेरो गृह जिल्ला काभ्रे लगायतका धेरै ठाउँहरूमा यो पटक दशैंको रौनक आउनेवाला छैन। अनगिन्ती गाउँ-टोलहरू शोकमा छन्। नागरिकहरू अब के खाने, कहाँ जाने र कहाँ बस्ने भन्ने पीडामा छन्। छटपटी छ, वेदना छ। स्वाभाविक हो, तीन तहका सरकारहरूप्रति आक्रोश पनि छ। तर फेरि त्यही दुःखेको मनले गाउँमा डोर्‍याउँदैछ। एकपटक टेक्दा मात्रै पनि स्वर्गीय आनन्द र अद्भुत शक्ति दिने क्षमता गाउँसँग छ।

यसरी दशैं नजिकिएसँगै देशभित्र र बाहिरबाट गाउँ जाने क्रम सुरु भएको छ। परिवार, छरछिमेक, इष्टमित्र, साथीभाइ, दौंतरी, गुरु–चेला आदिसँगको पुनर्मिलन दशैं वा ठूला चाडपर्वको प्रमुख विशेषता नै भयो। राजनीतिक रूपमा यो जनप्रतिनिधि एवं सम्भावित जनप्रतिनिधि तथा मतदाता एवं सम्भावित मतदाता बीचको बृहत् भेट पनि हो।

साक्षात्कार, अन्तरक्रिया गर्ने अवसर पनि हो। विगतमा त्यस्तो अभ्यास कमजोर रहेको विषयलाई मध्यनजर गर्दै आसन्न दशैंमा आफ्नो थातथलोमा एकैछिन आराम गरेर कर्मभूमिमा सफलताको अर्को अध्याय सुरु गर्न तत्पर नागरिक र उनीहरूलाई प्रतिनिधित्व गर्ने (सम्भावित सहित) जनप्रतिनिधि बीच हुनुपर्ने संवादको एउटा खाका पेश गर्ने जमर्को गरेको छु।

निश्चित रूपमा गाउँ जाँदै गरेका नागरिकहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। उनीहरू पनि गाउँगाउँमा सकारात्मक सन्देश, सद्भावनाको सन्देश, सम्भावनाको सन्देश लिएर जान सक्नुपर्दछ। गाउँका आमा, बुबा, भाइबहिनीमा आशा, भरोसा र उत्साह थप्नु उनीहरूको कर्तव्य पनि हो। गाउँमा लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र स्रोत व्यवस्थापनको मियो बन्न सक्नुपर्दछ।

म जस्तै अहिलेसम्म आफ्नो गाउँ–ठाउँलाई केही गर्न नसकेकाहरूले पनि गफ दिनेभन्दा संवाद गर्ने, प्रशंसा र हौसला प्रदान गर्ने प्रयत्न गर्नुपर्दछ। फेरि प्रमुख विषयमा फर्कौं, जनप्रतिनिधिले गाउँ आउने नागरिकहरूसँग कस्तो संवाद गर्नुपर्दछ ?

 १. आफ्ना नागरिक र मतदाताले अनुभूति गर्ने गरी स्वागत गर्नुहोस्  

जनप्रतिनिधिज्यूहरू आफ्ना निर्वाचन क्षेत्र वा स्थानीय तहका नाकाहरूमा २-४ वटा स्वागत ब्यानर झुण्ड्याउन लोभ नगर्नुहोला। आफ्नो गाउँ-ठाउँको पहिचान झल्काउने चित्र र भाषामा आफ्ना प्यारा दिदीबहिनी तथा दाजुभाइहरूलाई स्वागत गर्नुहोस्। निश्चित रूपमा यो गाउँ-टोल फर्किआएका आफ्ना प्यारा नागरिकहरूलाई अभिवादन गर्ने समय हो। कृतज्ञता ज्ञापन गर्ने समय हो।

यदि देशको मालिक नागरिक नै हुन् भन्ने तपाईं विश्वास गर्नुहुन्छ भने कसरी स्वागत गर्नुपर्दछ यो तपाईंहरूलाई राम्रोसँग थाहा छ। यति कामना हो कि यसरी स्वागत गर्नुहोस् कि नागरिकहरूले मुग्लानको पीडा र व्यथा सब बिर्सन सकून्। नयाँ ऊर्जा प्राप्त गर्न सकून्। तपाईंलाई पनि अद्भुत आनन्द मिलोस्। जनप्रतिनिधि र नागरिकको बीचमा यति सम्बन्धको आशा गर्नु अन्यथा हो र ?

 २. आफ्नो बारेमा प्रचारप्रसार गर्नुहोस्

यसपटक आफ्ना नागरिकलाई नेपालले लोकतन्त्रमा त्यसमा पनि ग्रामीण लोकतन्त्रमा गरेको प्रगतिको नमूना देखाइदिनुहोस्। सँगसँगै यो पनि हेक्का राख्नुहोस् यदि अझै पनि तपाइँले ग्रामीण राजनीति लोकतान्त्रिक, पारदर्शी, प्रभावकारी भएको देखाउन सक्नुभएन गाउँ बाहिरबाट आयातित नेताहरूबाट तपाइँ विस्थापित हुने खतरा झन्-झन् बढ्दै जान्छ।

कामको सिलसिलामा सन् २०२३ मा मात्रै झन्डै ४० जिल्ला भ्रमण गर्ने अवसर प्राप्त गरें। हरेक जिल्लामा एक सय एक जनप्रतिनिधिहरू हुनुहुन्छ। जनताको सेवामा अहोरात्र खटिनुभएको छ। गाउँ, टोलको भौतिक एवं सामाजिक विकासको क्षेत्रमा अतुलनीय नेतृत्व गर्नुभएको छ। आर्थिक विकासको प्रस्ट खाका तर्जुमामा हामी अलि कमजोर नै छौं।

दुःख लाग्दछ जब उहाँहरूसँग त्यसलाई प्रचार गर्ने समय पनि भएको देख्दा। तपाइँलाई गफ दिन्छु भनेर आएका मित्रहरूलाई जिल्ल पारिदिनुहोस्। यो दशैंलाई भरपुर उपयोग गर्नुहोस्। फेरि २१औं शताब्दी आफ्नो प्रचार आफैं गर्ने युग पनि हो। त्यसमा अभ्यस्त नहुने राजनीतिक नेतृत्वलाई निर्वाचन जित्न त्यति सहज पनि छैन। त्यसैले आफ्नो बारेमा व्यापक प्रचारप्रसार गर्नुहोस्। यहाँसम्मलाई भूमिका मानौं। अब अलि सघन छलफल गरौं।

 ३. हाम्रा गाउँ-टोल लोकतान्त्रिक, पारदर्शी भएको र यसमा थप सुधार हुने प्रत्याभूति दिलाउनुहोस्

जनप्रतिनिधिहरू निर्वाचनको बेलामा मात्रै नागरिकहरूलाई खोज्छन् अरू बेलामा यसो छड्के परेर हिंड्छन् भन्ने आम गुनासो छ। बाहिर झगडा गरेको जस्तो गरे पनि भित्र-भित्र सबै मिलेर लुटेर खान्छन् भन्ने ठूलो आरोप पनि छ। व्यक्तिगत रूपमा मलाई त्यस्ता गुनासा वा आरोप अलि बढी नै अतिरञ्जित र भावनात्मक छ भन्ने लाग्दछ। तर, यसको चिरफार जनप्रतिनिधिज्यूहरूले नै गर्नुपर्‍यो होइन र ?

यसपटक आफ्ना नागरिकलाई नेपालले लोकतन्त्रमा त्यसमा पनि ग्रामीण लोकतन्त्रमा गरेको प्रगतिको नमूना देखाइदिनुहोस्। सँगसँगै यो पनि हेक्का राख्नुहोस् यदि अझै पनि तपाइँले ग्रामीण राजनीति लोकतान्त्रिक, पारदर्शी, प्रभावकारी भएको देखाउन सक्नुभएन गाउँ बाहिरबाट आयातित नेताहरूबाट तपाइँ विस्थापित हुने खतरा झन्-झन् बढ्दै जान्छ। खासमा अहिले नमागेरै भोट माग्ने बेला हो, नेताज्यू!

 ४. आफ्ना समस्या दिल खोलेर राख्नुहोस्

जनसंख्या घटेको वा बढेको कारण उत्पन्न समस्या, गाउँमा रोजगारी सिर्जना गर्न नसकिएको समस्या, कृषि उत्पादनको समस्या, मानव र जनावरबीच बढ्दै गएको द्वन्द्वको समस्या, शिक्षा र स्वास्थ्यको समस्या, तपाईंको मनमा भएका समस्या सबै राख्नुहोस्। जनप्रतिनिधिका समस्या, शिक्षकका समस्या, कृषकका समस्या, व्यापारीका समस्या, यातायातका समस्या, हरेक विषयमा सघन छलफल गर्नुहोस्।

खासमा गाउँ-टोलमा धेरै क्षेत्रको बारेमा सुधार गर्न सकिने देश–विदेशको ज्ञान र अनुभव बोकेर नागरिकहरू फर्केका छन्। उनीहरू पनि तपाईं जत्तिकै त्यो गाउँ र टोललाई माया गर्छन्। सके अहिले समाधान दिने प्रयत्न गर्छन्। नसके दशैं-तिहार पछि कर्म थलोमा फर्केर समाधान खोज्ने प्रयत्न गर्छन्। उनीहरूलाई पनि यो एउटा ठूलो गृहकार्य हुनेछ।

यति ढुक्क हुनुहोस्, अहिले तपाइँले गाउँ-टोलको समस्याको बारेमा राम्रोसँग संवाद गर्न सक्नुभयो भने तपाईंका सहयोगी हातहरू बढ्ने छन्, धेरै क्षेत्रमा सुधार गर्न सकिनेछ। स्रोत जुटाउन वा परिचालन गर्न सहज हुनेछ। आखिर त्यसको राजनीतिक व्याज खाने त तपाइँले नै होइन र? अनि किन नभन्ने हाम्रा समस्या ?

 ५. आफूलाई एकपटक मूल्यांकन गर्नुहोस्, गराउनुहोस्

हाम्रो राजनीतिज्ञहरूको एउटा ठूलो समस्या भनेको उनीहरू थोरै केही मानिसहरूको प्रशंसा र आलोचनाको घेराभित्रको सीमित र साँघुरो राजनीतिमा रमाउँछन्, अलमलिएका छन्। राम्रो भन्ने भीड पनि सधैं त्यहीं हुन्छ र खत्तम भन्ने मानिसको समूह पनि प्रायः फेरिंदैन। लामो समयको त्यो अभ्यासले आफ्नो अब्बल र कमजोर पक्ष के हुन् भन्नेको हेक्का विना नै राजनीतिमा होम्मिएका हुन्छन् धेरै नेताज्यूहरू।

विविध पेशा र व्यवसायमा रहेर देश–विदेश देखेका आफ्ना नागरिकसँग एकपटक आफूलाई मूल्याङ्कन गराउनुहोस्। मन खोलेर उनीहरूलाई सोध्नुहोस्: मतदाताका रूपमा तपाईंहरूले हेर्दा मेरा राम्रा र कमजोर पक्षहरू के-के छन्/रहेछन् ? राजनीति र समाजसेवामा अझ माथि जान तपाइँले आफूलाई विकसित गर्नुपर्ने क्षेत्रहरू के-के रहेछन् एक पटक पहिचान गर्नुहोस्।

तपाइँको सबैभन्दा प्रतिस्पर्धी क्षमता के हो र त्यसलाई कसरी अधिकतम तहसम्म विकसित गर्ने भन्ने बारेमा चिन्तन गर्नुहोस्। कदापि नभुल्नुहोस्, तपाइँ अहिले पाँचवर्षे करार सेवामा हुनुहुन्छ र त्यसपश्चात् अर्को जागिर पाउन अर्को ठूलो अन्तर्वार्ता दिनुपर्नेछ। अहिले त्यसको तयारी गर्ने सुवर्ण अवसर प्राप्त भएको छ। त्यसको लागि अहिले गाउँ आउँदै गरेका तपाईंका नागरिकहरू सबैभन्दा राम्रा डाक्टरहरू हुन्। उनीहरूलाई भरपूर उपयोग गर्नुहोस्।

 ६. महत्वपूर्ण राजनीतिक मुद्दामा जनताको राय बुझ्नुहोस्

नेतृत्वप्रतिको असन्तुष्टि दिनानुदिन व्यवस्थाप्रतिको असन्तुष्टिमा परिणत हुँदैछ। संविधान संशोधनको मुद्दा झन्-झन् पेचिलो बन्दैछ। मुलुक नयाँ प्रकृतिको राजनीतिक ध्रुवीकरण उन्मुख छ। लामो समय सिद्धान्तको राजनीति गरेका दलहरूमा सैद्धान्तिक विचलन आउँदा देशले नै ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ।

तीन तहका सरकार बीचको सम्बन्धमा रहेका अस्पष्टता झन्-झन् बढ्दै गएका छन्। कर्मचारीले जनप्रतिनिधि माथि र जनप्रतिनिधिले कर्मचारी माथि खुलेआम रूपमा प्रश्न गर्ने, असन्तुष्टि पोख्न थालेका छन्। यहाँ सरकार छ कि समूह भन्ने प्रश्न खडा भएको छ। संघीय सदनदेखि गाउँ/नगर सभासम्मको संवादको गुणस्तर थप दयनीय बनेको छ। यस्ता सबै विकास क्रमहरूले राजनीतिक अन्योल सिर्जना गरेका छन्।

अहिले गाउँ फर्काउने भन्दा पनि गाउँ छोड्नेलाई रोक्ने समय हो। तर रोक्न त किन छोड्छन् भन्ने थाहा हुनु पर्‍यो नि ! छोडेका नागरिकहरूसँग आफू फर्कने अवस्थाको परिकल्पना मात्रै होइन, कसो गर्दा आफ्ना भाइसाथीले गाउँ छोड्दैनन् भन्ने स्पष्ट विचार र उपायहरू हुन्छन्।

त्यसमाथि पनि निरन्तरको गठबन्धन परिवर्तनले जनप्रतिनिधिहरूका राजनीतिक कठिनाइहरू थपिएका छन्। जब तपाइँ यस्ता तमाम राजनीतिक प्रश्नहरूका बारेमा जनताका धारणामा प्रष्ट हुनुहुन्छ अनि मात्र तपाइँको आफ्नो विचारले प्रष्टता पाउँछ। अबको युगमा विचारमा प्रष्ट नभएको नेताको राजनीतिक जीवनले गति लिन र दीर्घ हुन कठिन छ। त्यसैले राजनीतिक मुद्दामा संवाद सुरु गर्नुहोस्। गाउँ-टोल बाहिर रहेका नागरिकहरूको विचारलाई बुझ्न सकिने यो सुवर्ण अवसर पनि हो।

 ७. गाउँ विकासको मोडेलको बारेमा नागरिकको धारणा सुन्नुहोस्

अहिले हाम्रो नेतृत्वसँग दुई वटा प्रधान डरहरू छन्। पहिलो सबै विषयमा जानेको देखाउन सकेन भने राजनीतिक भविष्य नै खतरामा पर्दछ। दोस्रो, मैले जति चाहे पनि अहिलेको संरचनाले काम गर्न दिंदैन।

झट्ट सुन्दा हो जस्तो सुनिए पनि, राजनीतिमा यस्ता विषयले प्राथमिकता पाउनु भनेको लोकप्रियतावादले जरा गाड्न सुरु गरेको संकेत देखिनु हो। पहिलो, नेतासँग ज्ञानभन्दा पनि विवेक धेरै हुनुपर्दछ। उसले ज्ञान होइन आम नागरिकहरूको धारणाको प्रतिनिधित्व गर्नुपर्दछ। जुन ठाउँमा जस्तो ज्ञान आवश्यक छ, त्यहाँ त्यहाँ सम्बन्धित कर्मचारी वा विज्ञलाई खटाउने हो।

दोस्रो, जनताका मुद्दा मात्रै बोक्यो भने कुनै दल, नेता, समूह वा कार्यालयले तपाईंको मिसनलाई रोक्न कठिन हुन्छ। त्यसमा पनि आफ्नो क्षेत्र विकासको नवीनतम विचारहरूको विरोध गर्न जो–कोहीलाई गाह्रो हुन्छ।

सँगसँगै यो पनि सत्य हो कि जति जनप्रतिनिधिले आफ्नो ठाउँको माया गर्दछन् त्यति नै र सो भन्दा धेरै आफ्नो थातथलो बाहिर रहेका नागरिकहरूले पनि आफ्नो गाउँ-टोललाई माया गर्छन्। खासमा उनीहरूसँग गर्नुपर्ने र गर्न सकिने कामको सूची नै हुन्छ। उनीहरू सबैको सूची संकलन गरेर एउटा साझा सूची बनाउने प्रयत्न गर्नुहोस्। आखिर यसबाट तपाइँलाई नै फाइदा हुन्छ। यसले तपाइँका आफ्ना राजनीतिक एवं विकास कार्यक्रमलाई वैधता पनि प्रदान गर्दछ।

 ८. अर्को भेट अगाडिका बाचाहरू गर्नुहोस्

सघन छलफलबाट नागरिकहरूले पेश गरेका राय मध्ये गर्न सकिने विषय, आफूलाई नागरिकको सहयोग हुँदा गर्न सकिने विषय र केही समय लाग्ने विषयको बारेमा प्रष्ट धारणा राख्नुहोस्। त्यति हुँदाहुँदै अर्को भेटसम्म सम्पन्न गर्ने कामको सूची निर्माण गर्नुहोस्। त्यसमा तपाइँले भेटेका नागरिकहरूले गर्छु भनेर प्रतिबद्धता जनाएका विषयलाई पनि राख्नुहोस्। यस्तो संवादले तपाइँलाई ऊर्जा प्रदान गर्नेछ। थप सक्रिय हुन अभिप्रेरित गर्नेछ। नागरिक र जनप्रतिनिधि बीचको सम्बन्धलाई प्रगाढ बनाउनेछ।

हाम्रो ग्रामीण लोकतन्त्र र सिंगो राजनीतिक संस्कारको सुधार र विकासमा नै राम्रो भूमिका खेल्नेछ। अनि हामी अर्को दशैंमा अझ प्रभावकारी संवाद गर्न सक्नेछौं। यो दशैंमा संवादमा छुटेका नागरिकहरू अर्को, अर्को दशैंमा जोडिने शृङ्खलाको सुरुवात हुनेछ। राजनीति विकास भनेको पनि यस्तै-यस्तै होइन र?

 ९. भेटे जति सबैलाई सोध्नुहोला– ‘मैले के गर्‍यो भने तपाइँ गाउँ फर्कनुहुन्छ?’

हो, अहिले गाउँ फर्काउने भन्दा पनि गाउँ छोड्नेलाई रोक्ने समय हो। तर रोक्न त किन छोड्छन् भन्ने थाहा हुनु पर्‍यो नि ! छोडेका नागरिकहरूसँग आफू फर्कने अवस्थाको परिकल्पना मात्रै होइन, कसो गर्दा आफ्ना भाइसाथीले गाउँ छोड्दैनन् भन्ने स्पष्ट विचार र उपायहरू हुन्छन्। जब हामीले गाउँ फर्काउने नै परिकल्पना गरेर काम सुरु गर्छौं त्यसले स्वाभाविक रूपमा अहिले गाउँमा रहेका जनशक्तिलाई रोक्ने उपाय र कार्यक्रमहरू पहिचान हुन्छन्।

हामीले स्वीकार गर्ने बेला भएको छ: गाउँमा नै अवसर सिर्जना गर्ने काममा अलि पछाडि नै छौं। यसमा जुट्नुको हामीसँग विकल्प छैन। यो सुन्दर अभियानको सुरुवात तपाइँको क्षेत्रबाट सुरु होस्। जब यो ऐतिहासिक अभियान सुरु हुन्छ हामी ग्रामीण विकासको बृहत् योजना निर्माणमा ठूलो फड्को मार्न सक्छौं।

 १०. गाउँको के कोसेली पठाउँदै हुनुहुन्छ?

यो प्रश्नमा नै सबै विषय अड्केको छ। यो नै आजको हाम्रो गाउँको प्रधान समस्या हो। मेरो गाउँमा के उत्पादन गर्दा सबैभन्दा महँगो मूल्यमा कसरी बेच्न सकिन्छ भन्नेमा हामी अझै पनि व्यावहारिक र व्यावसायिक रूपमा अगाडि बढ्न सकेनौं। दुःख नगरेको होइन। गाउँका आमबुबा काकाकाकीले धेरै दुःख गर्नुभएको छ। भाइबहिनीको दुःख पनि त्यस्तै छ। यसरी दुःख गरेर हामी सम्पन्न हुनेमा विश्वास गर्न सकिने अवस्था भने छैन।

त्यसो भए यो सबै दुःख केका लागि ? अब व्यावसायिक गाउँहरू निर्माण गरौं। गाउँ विकासमा चार पक्षमा ध्यान दिऊँ : उत्पादन, उत्पादकत्व, व्यावसायिकता र उद्यमशीलता। निश्चित उत्पादनमा विशेष ध्यान दिऊँ। अहिले कृषि पेशामा रहेकाहरूको उत्पादकत्वमा आमूल सुधार गरौं। दिन काट्न होइन समुन्नत जीवनयापन गर्ने, कृषि गर्ने युगको निर्माण गर्न हातेमालो गरौं।

गाउँको उत्पादनको प्रवर्धन र त्यसको सम्मानित मूल्य प्राप्तिमा काम गर्ने उद्यमी पनि गाउँ-गाउँमा उत्पादन गरौं। यो दशैंलाई त्यसको सुरुवातको रूपमा उपयोग गरौं। गाउँ फर्केका हरेक नागरिकले गाउँको कोसेली किनेर फर्कन सक्ने वातावरण सृजना गरौं।

जनप्रतिनिधिज्यूहरू, यहाँहरूसँग योभन्दा धेरै राम्रा विचार र योजना छन् भन्ने मलाई राम्रो थाहा छ। त्यति हुँदाहुँदै पनि मैले यति लामो लेख लेख्नुको एक मात्रै कारण के हो भने अबको युग नवीनतम सोच भए नेताहरू राजनीतिमा टिक्ने युग हो र त्यसको गर्ने नेताले मात्रै जनताको साथ र समर्थन प्राप्त गर्छन् भन्ने फेरि एक पटक यहाँहरूलाई निवेदन गर्न मात्रै हो। साधन र स्रोतको अभावका बीच अहोरात्र जनताको सेवामा खटिनुहुने सम्पूर्ण जनप्रतिनिधिज्यूहरूलाई हार्दिक नमन गर्दै यहाँहरू सबैलाई विजया दशमी, तिहार (दीपावली) छठ, नेपाल संवत् समेतको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM