२०८२ चैत्र १ गते, आईतवार ११:१५

जम्मू कश्मीरको सत्तामा नेशनल कन्फ्रेन्सको पुनरागमन

२२ असोज, काठमाडौं । जम्मू–कश्मीरको सत्ता राजनीतिमा फारुक अब्दुल्लाहको नेशनल कन्फ्रेन्स पार्टीले जबरजस्त पुनरागमन गरेको छ ।

मेहबुबा मुफ्तीको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)लाई मतदाताले अस्वीकार गरेका छन् । साथै तामाम प्रयासका बाबजुद भारतीय जनता पार्टी भाजपाले जम्मू क्षेत्रमा फैलिन सकेन ।

९० सदस्यीय विधानसभाका लागि भएको चुनावमा नेशनल कन्फ्रेन्स–कांग्रेस गठबन्धनले प्रष्ट बहुमत पाएको छ ।

जम्मू कश्मीरमा दश वर्षपछि विधानसभा चुनाव भएको थियो । पछिल्लो पटक बीजेपी र पीडीपीले मिलेर सरकार बनाएका थिए । मेहबुबा मुफ्ती मुख्यमन्त्री बनेकी थिइन् । तर यो सरकारले ५ वर्ष पूरा गर्न सकेन ।

अगष्ट २०१९ मा भारतीय संविधानको आर्टिकल ३७० हटाएर जम्मू कश्मीरको विशेष राज्यको दर्जा खारेज गरेर केन्द्र प्रशासित प्रदेश बनाइयो र केन्द्रीय शासन लागू भयो । त्यसपछि पहिलो पटक चुनाव भएको हो ।

भारतीय निर्वाचन आयोगका अनुसार नेशनल कन्फ्रेन्स एक्लैले ४२ सिट जितेको छ भने कांग्रेसले ६ सिट जितेको छ । कम्युनिस्ट पार्टी अफ इण्डिया, आम आदमी पार्टी र जम्मू कश्मीर पिपुल कन्फ्रेन्स (जेपीसी) ले १–१ सिट जितेका छन् ।

चुनावमा सबभन्दा ठूलो झट्का पूर्वमुख्यमन्त्री मुफ्तीलाई लागेको छ । उनको दल पीडीपी ३ सिटमा खुम्चिएको छ । जबकी पीडीपीले पछिल्लो पटक २८ सिट जितेको थियो ।

भारतीय जनता पार्टी (बीजेपी) ले २९ सिट जितेको छ । अघिल्लो पटक ३० सिट जितेको थियो ।

मुफ्तीको दललाई झट्का 

चुनावी नजिता सार्वजनिक भएपछि मुफ्तीले जम्मू कश्मीरका जनताले सोचविचार गरेर मत दिएको र स्थीरता रोजेको प्रतिक्रिया दिएकी छन् । ‘हङ एसेम्ब्ली भएको भए यहाँ धेरै तोडफोड हुने थियो’, उनले अगाडि भनिन्, ‘जसरी मानिसहरुले भोट गरे, यसमा गडबड गर्ने कुनै सम्भावना छैन ।’

आफ्नो दलको नतिजाबारे सोधिएको प्रश्नमा उनले उतार चढाव आइरहने बताइन् । भाजपाले आफ्नो पार्टी तोडफोड गरेर पूर्वमन्त्री, विधायकसहित ४० नेतालाई लैजाँदासमेत आफ्नो दलले कडा टक्कर दिएको उनले बताइन् ।

अहिले पनि नेशनल कन्फ्रेन्ससँग आफ्नो दलको प्रतिस्पर्धा रहेको भन्दै पूर्वमुख्यमन्त्री मुफतीले भने, ‘सिट कम आएको छ, तर हामी आउट भएका छैनौं ।’

चुनावी नजिताको सन्देश

यो विधानसभा चुनावले जम्मूको हिन्दु बहुल क्षेत्रमा बीजेपी र, मुस्लिम बहुल इलाकामा नेशनल कन्फ्रेन्स बलियो देखिएको छ । साथै क्षेत्रीय र धार्मिक आधारमा मत बाँडिएको प्रष्ट देखिन्छ ।

जम्मूको हिन्दु बहुल जिल्लाहरुको अधिक सिट बीजेपीले जितेको छ । बीजेपीले यो क्षेत्रमा पूरै शक्ति लगाएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी चार पटक पुगे भने गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत पुगेका थिए ।

मुस्लिल बहुल क्षेत्रमा भाजपाले मुसलमान उम्मेदवार उठाएको थियो, तर उल्लेख्य फरक परेन । वरिष्ठ पत्रकार तारिक बट भन्छन्, ‘मुसलमान भोटरले बीजेपीलाई अस्वीकार गरे ।’

कश्मीर क्षेत्रका मतदाताले नेशनल कन्फ्रेन्सलाई रोजेर आर्टिकल ३७० हटाउने बीजेपी कदमको जवाफ लिएका छन् । ३७० हटाउने कदमविरुद्ध एउटै पार्टी नेशनल कन्फ्रेन्स उभिएको थियो र जनताले त्यही दललाई भरोसा गरेका हुन् ।

विश्लेषकहरुका अनुसार चुनावी नजिताको सन्देश यो पनि हो कि यो चुनाव नेशनल कन्फ्रेन्स भर्सेस बीजेपी भयो, कांग्रेस सहयोगी भूमिकामा मात्र सीमित रह्यो ।

चुनावका क्रममा मतदाताले बिजुली पानी, सडक जस्ता मुद्दा पनि उठाए, तर अन्त्यमा मतदताका लागि आर्टिकल ३७० हटाउनु नै मुख्य मुद्दा बनेको विश्लेषकहरु बताउँछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM