२०८२ फाल्गुन २४ गते, आईतवार १६:३३

मधुमेहकै कारण निम्तिन सक्ने ५ गम्भीर स्वास्थ्य समस्या

पछिल्लो समय मधुमेहको समस्याले धेरैलाई सताइरहेको छ । रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई मधुमेह रोग अर्थात् डायबिटिज भनिन्छ । यसलाई बोलीचालीको भाषामा चिनी रोग अर्थात् सुगर पनि भनिन्छ । मधुमेह आफैंमा यस्तो समस्या हो, जसले शरीरमा अन्य समस्या पैदा गरिदिन्छ ।

मधुमेहका कारण शरीरमा मुख वा घाँटी सुक्खा हुने, थकान लाग्ने, दृष्टि धमिलो देखिने, धेरै पिसाब लाग्ने जस्ता धेरै लक्षण देखा पर्छन् । धेरैले यी लक्षणलाई सामान्य मान्छन् र तिनीहरूलाई बेवास्ता गर्छन् । तर यी लक्षण देखा परेमा तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ । औषधि र उचित खानपानले मधुमेह नियन्त्रण गर्न सकिन्छ । तर मधुमेहलाई नियन्त्रणमा राख्न सकिएन भने यसले शरीरमा धेरै समस्या निम्त्याउन सक्छ । जस्तै- कमजोर दृष्टि, मिर्गौला फेल, मुटुको समस्या आदि ।

मधुमेहलाई नियन्त्रणमा नराख्दा यी ५ रोगको जोखिम  

डायबेटिक रेटिनोप्याथी

डायबेटिक रेटिनोप्याथी मधुमेहको गम्भीर समस्या हो । यसले आँखालाई असर गर्ने भएकाले अन्धोपन समेत निम्त्याउन सक्छ । यो समस्या तब हुन्छ जब शरीरमा रगतमा चिनीको उच्च मात्राले रेटिनाका रक्त नलीहरूलाई क्षति पुर्‍याउँछ । जसले गर्दा आँखा सुन्निने, आँसु आउने वा दृष्टि नै गुम्ने समस्या हुनसक्छ ।

मधुमेह रेटिनोप्याथीले धमिलो दृष्टि, दृष्टि समस्या निम्त्याउन सक्छ । समयमै रगतमा चिनीको मात्रा नियन्त्रण गरिएन र डायबेटिक रेटिनोप्याथीका लक्षणलाई बेवास्ता गरियो भने समस्या झन् बढ्छ, जसले गर्दा आँखाभित्र रगत बग्ने वा अन्धोपन समेत हुनसक्छ ।

डायबेटिक नेफ्रोप्याथी

मिर्गौला फेल हुनुको एउटा प्रमुख कारण मधुमेह पनि हो । रगतमा चिनीको मात्रा धेरै हुँदा मिर्गौलाका रक्तनलीहरूलाई क्षति पुर्‍याउन सक्छ, जसलाई मिर्गौला रोगको सबैभन्दा महत्वपूर्ण र प्रमुख कारण मानिन्छ । अनुसन्धान अनुसार मिर्गौलाको रक्तनलीले राम्रोसँग काम नगर्दा डायबेटिक नेफ्रोप्याथी हुन सक्छ ।

डायबेटिक न्यरोप्याथी

न्युरोप्याथी स्नायु क्षतिसँग सम्बन्धित समस्या हो, जुन शरीरमा रगतमा चिनीको मात्रा बढ्दा हुन्छ ।  यसले स्नायुमा क्षति पुर्‍याउने भएकाले हात, खुट्टा र पैतालाको नसामा असर देखिन्छ । यद्यपि, यो समस्या प्रायः मधुमेह वा उच्च रक्तचापबाट पीडित व्यक्तिमा हुन्छ । यो समस्यामा प्रायः खुट्टाको नसामा बढी क्षति पुग्छ ।

छालाको संक्रमण

मधुमेह भएका व्यक्तिमा छालामा संक्रमणको जोखिम बढी हुन्छ । मधुमेह लामो समयसम्म नियन्त्रणमा भएन भने छाला चिलाउनेसँगै दाग आउने समस्या पनि हुनसक्छ । मधुमेह हुँदा खुट्टामा कालो धब्बा पनि देखिन्छ । यो समस्याबाट बच्न रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ ।

मुटुरोगको जोखिम

रगतमा चिनीको मात्रा बढेपछि स्नायु र रक्तनलीहरू क्षतिग्रस्त हुन थाल्छन् । यस्तो अवस्थामा कोरोनरी धमनी अवरुद्ध हुन्छ । कोरोनरी आर्टरीमा अवरोधका कारण अक्सिजन र पोषक तत्त्व मुटुमा पुग्दैन । यसले हृदयरोगको जोखिम बढाउँछ ।

यस्ता जोखिमबाट बच्ने उपाय

नियमित स्वास्थ्य जाँच

मधुमेहका बिरामीले नियमित रूपमा निम्न जाँचहरु गर्नुपर्छ ।

ब्लड सुगर : फास्टिङ र पोस्टप्रान्डियल (खाना खाएपछि) सुगर जाँच नियमित रूपमा गर्नु आवश्यक छ ।

एचबीएवानसी टेस्ट : यो टेस्टले पछिल्लो दुई-तीन महिनाको औसत रक्त शर्कराको स्तर मापन गर्छ । यो वर्षमा कम्तीमा दुई पटक गर्नुपर्छ ।

ब्लड प्रेसर : उच्च रक्तचाप हृद रोग र अन्य जटिलताका कारण हुने गर्छ । त्यसैले नियमित रूपमा रक्तचाप मापन गर्नुपर्छ ।

कोलेस्टेरोल टेस्ट : रक्तमा कोलेस्टेरोलको स्तर जाँच्नुपर्छ । विशेषगरी एलडीएल (खराब कोलेस्टेरोल) र एचडीएल (राम्रो कोलेस्टेरोल ) को स्तर समय-समयमा जाँच गर्नुपर्छ ।

किड्नी फङ्गसन टेस्ट : किड्नीको अवस्था मापन गर्न रक्तमा क्रिएटिनिन स्तर र युरिनमा एल्बुमिन स्तर जाँच्नुपर्छ ।

आँखा परीक्षण : रेटिनोप्याथीको सम्भावना जाँच्न नियमित रूपमा आँखा परीक्षण गर्नुपर्छ, जसमा फण्डसकोपिक जाँच समावेश हुन्छ ।

न्युरोप्याथी परीक्षण : अंगहरुको संवेदनशीलता परीक्षण गर्नुपर्छ, जसले तिनको न्युरोप्याथीको अवस्था मापन गर्छ ।

स्वस्थ जीवनशैली

सन्तुलित आहार : कम कार्बोहाइड्रेट, कम चिनी र उच्च फाइबरयुक्त खाना खानुपर्छ । प्रोटिन, भिटामिन र मिनरल्सले भरिएको आहारले रक्त शर्करा नियन्त्रण गर्न मद्दत गर्छ ।

नियमित व्यायाम : दैनिक रूपमा कम्तीमा ३० मिनेट व्यायाम गर्नु आवश्यक छ । यसले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ ।

धुम्रपान र मद्यपान त्याग्ने : धुम्रपान, मद्यपानले हृदय र मिर्गौलामा नकारात्मक असर पुर्‍याउन सक्छ । त्यसैले धुम्रपान र मद्यपानलाई त्याग्नुपर्छ ।

औषधि उपचार

डाक्टरको सल्लाहअनुसार नियमित औषधि लिनुपर्छ । औषधिको सही मात्रामा सेवन गर्दा र नियमित जाँच गराउँदा जटिलता कम गर्न सकिन्छ ।

नियमित परामर्श

डाक्टरसँग नियमित रूपमा भेटघाट गरी स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुपर्छ । डाक्टरको सल्लाहअनुसार औषधि सेवन, आहार र जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।

मधुमेहको जटिलता रोकथाम गर्न समयमै उपचार गराउनु अत्यन्त महत्वपूर्ण छ । नियमित जाँच, स्वस्थ जीवनशैली र चिकित्सकको सल्लाहअनुसार औषधि सेवनले यो सम्भव छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM