२०८२ फाल्गुन २८ गते, बिहीबार ०३:५८

‘वामपन्थी दर्शक अझै नायक खोज्छन्, साइ-फाई पनि मौलिक सिनेमा हो’

[ad_1]

काठमाडौं । नयाँ सिनेमा बन्नेबित्तिकै निर्माता निर्देशक र कलाकारहरु दर्शकलाई मौलिक सिनेमा बनेको छ, हेरिदिनुस् भन्दै अनुरोध गर्न थाल्छन् । डायस्पोराका दर्शकलाई रिझाउन जतिसक्दो गाउँले कथा भनेर भावुक बनाउने उनीहरुको प्रयास हुन्छ ।

तर के गाउँको लुगाफाटो, अनि दृश्य खिच्दैमा सिनेमा मौलिक भइहाल्छ ? कि मौलिक सिनेमा भनेको अरु नै केही हो ?

इलाम साहित्य महोत्सवमा शनिबार निर्देशक मीन भाम र अभिनेत्री तथा निर्माता केकी अधिकारीले यसबारेमा जमेर बहस गरे । समीक्षक तथा लेखक सुरज सुवेदीले उनीहरुलाई संवाद गराउँदै कस्तो खालको मौलिकता नेपाली सिनेमामा चाहिएको छ भनी प्रश्न सोधे ?

‘बासुल्ली’, ‘कालो पोथी’ हुँदै ‘शाम्बाला’मार्फत अन्तर्राष्ट्रिय सिनेमञ्चमा प्रभावशाली उपस्थिति जनाएका मीन, अनि ‘सावित्री’, ‘मसान’, ‘बोक्सीको घर’ लगायत फिल्म हुँदै कतिपय कमर्सिल फिल्ममा समेत आफ्नो क्षमता देखाइसकेकी केकीले यसमा आफ्ना बलिया तर्कहरु दिए । उनीहरुका भनाइ उनीहरुकै शब्दमा :

पहिले खेलेका सिनेमा फेरि बनाउन पाए भिन्न ढंगले सोच्थे : केकी अधिकारी

आजभन्दा १४ वर्षअघि सिनेमा खेल्न थाल्दा मलाई अभिनयलाई लिएर जति कौतुहल थियो, हिजोआज चाहिं सिनेमा निर्माणका अरु पाटोतर्फ पनि त्यत्तिकै ध्यान जान्छ । त्यसले मलाई मौलिक सिनेमा भनेको के हो भनी झन् बढी घोत्लिने बनाएको छ ।

मैले खेलेको दोस्रो सिनेमा ‘मसान’ गोपालप्रसाद रिमालको मसान नाटकमा आधारित थियो । हामीले बाँचेको भन्दा निकै पहिलेको बेलाको सामाजिक मनोदशा देखाउन अहिलेको कलाकारका लागि चुनौती नै थियो । तै पनि मैले आफूले पाएको पात्रमार्फत देखाउनुपर्ने थियो । अरुभन्दा फरक देखिने नयाँपनको चाहनाका लागि मैले कति धेरै काम गर्नुपर्‍यो ।

अभिनेत्री केकी अधिकारी । फाइल तस्वीर

यदि त्यही ‘मसान’लाई अहिले फेरि निर्माण वा अभिनय गर्नुपर्‍यो भने म फरक सोच्थे हुँला । अभिनय मात्रै नभई प्राविधिक ढंगबाट समेत त्यस फिल्मलाई हाम्रो कथा कसरी बनाउन सकिन्छ भन्ने विचार गरिन्थ्यो होला । पहिले चाहिं हामी कलाकारको चरित्रमा नै बढ्ता ध्यान दिन्थ्यौं ।

अब त पुरुष कहाँनेर बसेर बोल्छ, महिला कहाँ बसेर बोल्छे वा सुन्छे । यस्ता कुरा जसले समाजको शक्ति सम्बन्ध देखाउँछन्, त्यस्तोमा पनि ध्यान जान्छ । तर हामीलाई मसिना कुरामा जीवन्त काम गर्नभन्दा पनि चलचित्रको सुटिङ, सम्पादन सिध्याउनै हतार हुने गर्छ । खासमा कुनै पनि कथालाई पर्दामा उतार्नका लागि प्रशस्त समय दिन जरुरी हुन्छ ।

मौलिकता भनेको के हो भनेर सोच्दा व्यक्तिको आनीबानी,  उसको खाना पकाउने तरिका, मुख पुछ्ने, थुक्ने तरिका वा कुनै पनि खालको कामलाई पनि मौलिकता मान्नुपर्छ । त्यसलाई कसरी बाहिर ल्याउने भन्ने कुरा निर्देशकको कलामा भर पर्छ, तर म आफ्नो तर्फबाट अभिनय गर्नुपर्‍यो भने श्रीदेवी, माधुरी दीक्षित वा रानी मुखर्जीकै तरिकाबाट होइन, नेपाली कलाकारले दिन सक्ने मौलिक कुरामा सोच्ने गर्छु । अरुले गरिसकेको कुरा दोहोर्‍याउँदा मौलिकता हुँदैन ।

मैले कोहलपुर एक्सप्रेस बनाउँदा कसैको सिनेमाबाट प्रभाव बढ्ता ग्रहण गर्न पुगे पनि अनुभूति रोचक थियो । त्यसले मलाई सिकाएन मात्रै, बरु ‘बोक्सीको घर’ बनाउन प्रेरणा दियो ।

त्यसैले सिनेमाको कथावस्तु छान्दै गर्दा यो कथाको उद्गम स्थल कुन हो, कुन नेपाली भेग छोएको छ, त्यसको मनोविज्ञान के छ भन्नेतर्फ ध्यान दिंदा समाजबारे धेरै कुरा जान्न पाइन्छ । यो सिकाइ हो । अनि मौलिकताको खोजी हो ।

सात-आठ वर्षअघि मैले सुलक्षण भारतीले बनाएको नाटक हेरेको थिएँ । त्यसले मलाई नेपाली कथा त यस्तो पो हुनुपर्छ भन्ने सोचाइ दिएको थियो । म पनि कुनै बेला यस्तै फिल्म वा कला गर्छु भनेर सोचेकी थिएँ । बोक्सीको घरमा त्यस्तै एउटा प्रयास छ ।

महिला पात्रको भोगाइ र यात्राबाट नेपाली महिलाका आम कथा बाहिर ल्याउन सकिन्छ । नेपाली लेखकले नै लेखेको कथामा अभिनय गर्ने, सिनेमा बनाउने कुरामा मेरो प्राथमिकता रहन्छ ।

त्यसैले हिन्दी वा साउथको प्रभावमा होइन, आफ्नै समाजको कथामा सिनेमा खोज्ने कुरा दिगो हुन्छ भन्ने मैले बुझें । अझ नेपाली समाज नै भए पनि २०४५–४६ सालतिरका विवाहित महिलाहरुले सोच्ने, भोग्ने कुरा कस्ता हुन्थे भनेर त्यो समयलाई समेत ल्याउन सकें । १० वर्षदेखि मान्छेले बोक्सी भनेर एक्लै पारेकी महिलाको मनोदशा नियालें । यसो नगरेको भए फिल्ममा त्यस्ता पात्रहरु निर्माण हुँदै सक्दैनथे पनि ।

हामीले के स्वीकार गर्नुपर्छ भने सबै पात्रहरुको यात्रा फरक हुन्छ । मलाई विभिन्न पात्रहरुमा काम गर्ने तिर्खा झन् बढेको छ । मौलिक सिनेमा भन्दै गर्दा गाउँकै भाषावेशमा वा खानपानमा मात्रै सीमित हुनुपर्दैन । एलियन वा साइफाई नै बनाए पनि नेपाली मौलिकता खोज्न सकिन्छ ।

मौलिकतामा परिवर्तन पनि आउँछ भन्ने स्वीकार गर्नुपर्छ : मीन भाम

म सिनेमाको कला पक्षबारे सोच्दा मौलिकताबारे धेरै चिन्ता गर्दिनँ । हाम्रो काममै त्यो आइरहेको हुन्छ ।

नेपाली समाजको मनोविज्ञान कता गइरहेको छ भनेर बुझ्दा रोचक कुरा फेला पर्छन् । पहिला हामी सानो छँदा कसैलाई भेट्थ्यौं, तब सोध्थे– खाना खायौ ?

अचेल खाना खायौ भनेर सोध्दैनन्, बरु सञ्चै छौ ? भनेर सोध्छन् । यसले कति ठूलो नेपाली मनोदशाबारे बताउँछ ।

भोकमरीबाट ग्रस्त हुँदाको बेलामा खानाको कुरा पहिलो हुन्थ्यो । अचेल स्वास्थ्यको बारेमा सोध्ने तहमा विकास भयो । यो पनि मौलिकता नै हो, मौलिकतासम्बन्धी आउने सोचमा आइरहेको परिवर्तन हो ।

निर्देशक मीन भाम । फाइल तस्वीर

जस्तो कि हामी देख्न सक्छौं, नेपाली सिनेमामा खानाका दृश्य कम हुन्छन् । तर कोरियामा खाना खाइरहेको दृश्य एकदम धेरै देखिन्छ । यस्ता उदाहरण धेरै दिन सकिन्छ ।

मौलिकतालाई कथा वा पात्रमा मात्रै होइन, प्रविधिमा पनि सोच्न सकिन्छ । उसो भए नेपाली सिनेमाको प्राविधिक मौलिकपन के होला त ?

यसमा म केही उदाहरण दिन्छु । नेपाल भन्नेबित्तिकै संसारभरका मान्छेले जे पनि त्रिकोणमा हेर्दा रहेछन् । नेपालको झण्डा त्रिकोणीय आकारमा बन्यो । नक्सा पनि त्यस्तै पारामा बन्यो । मठमन्दिरका गजुर, घरको छाना, हिमाल सबै त्रिकोणीय छन् । सबै कुरा त्रिकोणीय छन् भने मैले सिनेमा बनाउँदा त्यसैगरी प्राविधिक मौलिकतामा पनि कहीं न कहीं भेटाउनुपर्छ । त्यसैले मैले ठानें, अब सिनेमाको क्यामेरालाई पनि ४५ डिग्रीदेखि ९० डिग्रीसम्म राखेर खिचौं ।

झट्ट सुन्दा आम दर्शकलाई यसको ठूलो महत्व नहोला । तर फिल्मका पारखी दर्शकहरुमा यसको ठूलो महत्व हुन्छ । जस्तो कि भेनिस फिल्म फेस्टिभलमा म जाँदा त्यहाँ निर्देशकहरु, निर्णायकहरुले त्यो कुरा महसुस गर्न सके । अनि मलाई प्रतिक्रिया दिंदै खुसी भए ।

यसरी पनि मौलिकतालाई लिएर सन्तोष मान्न सकिन्छ । मूलतः कलाको काममा हात हाल्दा हामीले कुनै नयाँ काम गरिरहेका छौं भने त्यसलाई कति मान्छेले मन पराए भन्नेमा ध्यान दिने होइन । मान्छेले प्रशंसा गरुन् या नगरुन् यता ध्यान नदिऊँ, बरु अदृश्य मौलिकपनको खोजी गर्न सकेकामा सन्तुष्ट हुँदै काम गरिराखौं ।

हाम्रोमा दर्शकको राजनीतिक झुकावले पनि काम गर्छ । त्यसको प्रभाव सिनेमाको कथावस्तुमा झल्किने गर्छ । सधैं नायक खलनायक देखाउने चलन बस्यो । त्यसैले हामी अलि भिन्न खालको काम गरौं भनेर थाल्यौं भने पनि नायक नै खोज्ने बानीले हैरान पार्‍यो । वामपन्थी दर्शकहरुले नायकत्व नभएको कथामा रुचि नै राख्न छाडे ।

राजेश हमालले सिनेमा खेल्दा संघर्षरत मजदुर वर्ग माथिल्लो वर्गसँग लड्न तयार भएको बेला थियो । आजको समाजको मनोविज्ञान त्यस्तै अवस्थामा नहुन सक्छ । सामाजिक, आर्थिक प्रभावले मौलिकतामा पारेको फरकबारे पनि घोत्लिनुपर्छ ।



[ad_2]

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM