२०८२ बैशाख १६ गते, मंगलवार १९:५४

इशानको शतकमा मधेशलाई बागमतीको बलियो लक्ष्य

१४ चैत, काठमाडौं । इशान पाण्डेले शतक प्रहार गरेपछि बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम दिनको खेलमा मधेश प्रदेशलाई बलियो लक्ष्य दिएको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २५९ रन बनायो । इशान पाण्डेले शतक बनाउँदै सर्वाधिक ११४ रनको पारी खेले ।

१२७ बल खेलेका उनले १४ चौका प्रहार गरे । उनले यहीक्रममा पीएम कपमा १००० रन पनि पूरा गरे । बागमतीका लागि १००० रन पूरा गर्ने उनी पहिलो खेलाडी हुन् ।

रिजन ढकाल र विवेक मगरले समान ३० रन बनाए । बिपिन आचार्यले २७ रन बनाए भने शुभ कंसाकारले २० रन बनाए ।

मधेशका हरिशंकर साह, पवन सर्राफ र कप्तान अनिल साहले २-२ विकेट लिँदा रुपेश सिंह र विशाल पटेलले १-१ विकेट लिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM