२०८२ फाल्गुन २४ गते, आईतवार २१:४८

प्रधानमन्त्रीको अलमल : घुसमा मुछिएका दुई मन्त्री बर्खास्त गर्ने की सेटै फेर्ने ?

काठमाडौं–घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी एवं गरीबी निवारण मन्त्री बलराम अधिकारीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली अलमलमा परेका छन् ।

सोमबार बिहान मात्रै बिचौलियासँग ७८ लाख घुस डिलमा प्रत्यक्ष जोडिएका मन्त्री गुप्तासँग बालुवाटारमा एक घण्टा लामो छलफल गरेका ओलीको अलमलले सरकारको आलोचना चुलिँदै गएको छ ।

ओली सोमबार मध्यान्ह भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित शिक्षओ अस्पतालको भवन उद्घाटन तथा ४३औँ वार्षिकोत्वस समारोहलाई सम्बोधन गरिरहेका थिए । तर उनले त्यहाँ विवादमा उत्रिएका दुई मन्त्रीबारे केही बोलेनन् । बरू निरोगी नेपाल निर्माण अभियानमा लाग्नुपर्ने अर्ती दिए ।

आफू नेतृत्वको क्याबिनेटका दुई मन्त्री घुस डिलमा मुछिएको अडियो नै भाइरल भइसक्दा पनि प्रधानमन्त्रीको मौनता उदेक लाग्दो छ । उनले भ्रष्टाचारीको मुखै नहेर्ने बताउँछन् । उनले आफू पनि भ्रष्टाचार नगर्ने अरूलाई पनि गर्न नदिने भनेर यसअघि दिएको भाषण अहिले पनि भाइरल भइरहेको छ ।

उक्त पुरानो भाषणलाई सर्वसाधारणले समेत स्मरण गरिरहँदा प्रधानमन्त्री ओलीले घुस प्रकरणमा मुछिएका दुई मन्त्रीबारे तीन दिनसम्म मौनता साँधेका हुन् । यसअघि भिजिट भिसा प्रकरणमा दैनिक ५० लाख भन्दा बढी रकम उठाएको प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सबै शक्ति लगाएर जोगाएका थिए ।

तर यस पटक गुप्ता र अधिकारीका हकमा प्रधानमन्त्रीलाई सजिलो देखिएको छैन । गृहमन्त्रीको हकमा प्रमाणका रुपमा कुनै अडियो त थिएन तर विमानस्थल अध्यागमनमा दैनिक उठाइने ५० लाखभन्दा बढी रकमको मुख्य अंश उनको सचिवालयसम्म पुग्ने गरेको आरोप लागेको थियो ।

कुनै बेला प्रतिपक्षमा हुँदा कांग्रेसको प्रमुख सचेतकका रुपका लेखकले प्रश्न उठेपछि मन्त्रीले राजीनामा दिनुपर्ने बताउँथे । तर उनै लेखकले आफूमाथि प्रश्न उठ्दा नैतिकता देखाएनन्, बरू राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलमाथि नक्कली निवेदक खडा गरेको आरोप लगाएर आफ्नो पद जोगाए ।

दुई दलको संरक्षणमा उनीमाथि कुनै छानबिन समिति बनेन। अब लेखकलाई जोगाएका दुई दलमाथि एकसाथ दुई मन्त्रीमाथि लागेको आरोपको पनि सामना गर्ने चुनौती आइपरेको छ।

यो अवस्थामा तीन दिन झापा बसेर आएका ओ‌लीमाथि ती दुई मन्त्रीला बर्खास्त गर्न दबाब परेको छ । तर अडियो संसारभर भाइरल भइसक्दा पनि ओलीले त्यसलाई सुन्न नभ्याएको जस्तो व्यवहार गरिरहेका छन् ।

गुप्तालाई तत्कालै बर्खास्त गरेर अधिकारीलाई पनि छानबिनमा तान्नुपर्ने दबाब बढिरहँदा ओली आफैं भने के गर्ने भन्ने अलमलमा परेका छन् । उनको सचिवालयका एकजना सदस्यका अनुसार गुप्ता र अधिकारीलाई बर्खास्त गर्ने या एक वर्ष पुगिसकेकाले सेट नै फेर्नेमा ओली अलमलमा छन् ।

‘यो सरकार बनेको पनि एक वर्ष पूरा भएको छ । अहिले प्रधानमन्त्रीज्यू प्रश्न उठेका मन्त्री मात्रै हटाउने या सेटै फेर्ने विषयमा छलफलमा हुनुहुन्छ’, ती सदस्यले भने, ‘कांग्रेससँग छलफल भइरहेकाले दुवै दलका मन्त्रीको सेट नै फेर्ने दिशामा पनि कुरा अघि बढिरहेको छ ।’

स्रोतका अनुसार मन्त्री गुप्ताले आफूलाई सरकारी निवासमै ल्याएर घुस रकम छाडेर गएकोसमेत स्वीकारेका छन् । तर आफूले कुनै बैंक खाता या कतै लिएको भने स्वीकारेका छैनन् ।

कास्की जिल्ला भूमि आयोगको अध्यक्षमा आफूले भनेको व्यक्तिलाई नियुक्ति दिलाउन र त्यहाँका मालपोत अधिकृतलाई थमौती गर्नका लागि गुप्ता र विचौलियाबीच ६ महिनाअघि ७८ लाख रुपैयाँ घुसको डिल गरिरहेको कुराकानी तीन दिनअघि बाहिरिएको थियो ।

अडियोमा भूमि व्यवस्था, सहकारी एवं गरीबी निवारण मन्त्री अधिकारीलाई २० लाख घुस दिने लगायतका कुराकानी छ । अडियो प्रमाणसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी परिसकेको छ । संसद्‍मा यसबारे विपक्षीले सरकारलाई घेरिरहेका छन् ।

उता मन्त्री गुप्ताले अडियो एआई प्रयोग गरेर बनाइएको जिकिरसमेत गरेका छन् । गम्भीर विवाद जोडिँदा पनि मन्त्रीद्वयले नैतिकताका आधारमा राजीनामा दिनुपर्‍थयो । विगतमा एमाले नेता शेरबहादुर तामाङले कुनै अनैतिक कार्य नगरे पनि बंगलादेशमा एमबीबीएस पढ्ने नेपाली विद्यार्थीबारे ‘टङ स्लिप’ हुँदा राजीनामा दिएका थिए ।

त्यस्तै, ७० करोड घुस डिल गरेको अडियो प्रकरण बाहिरिनासाथ एमालेकै नेता गोकुल बास्कोटाले तत्कालै राजीनामा दिएका थिए । तामाङ र बास्कोटा दुवैले केपी ओलीको चाहनाविपरीत स्वेच्छाले नैतिकताका आधारमा राजीनामा दिएका थिए । साभारः खबरहव

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM