२०८३ जेष्ठ २३ गते, शनिबार १९:२९

नेपालको सुरुआती ११ खेलाडीको नाम सार्वजनिक

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालको सुरुआती बल मलेसियाको सुल्तान इब्राहिम स्टेडियम अहिले साँझ ७ः४५ बजे हुने खेलको लागि मुख्य प्रशिक्षक म्याटले नेपालको सुरुआती ११ खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा सिङ्गापुरसँग खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएको छ । 

सुरुआती ११ मा नियमित खेल्दै आएका फरवार्ड अञ्जन विष्टलाई मुख्य प्रशिक्षक म्याटले आराम दिनुभएको छ । उनको स्थानमा मिडफिल्डर लाकेन लिम्बूलाई अवसर दिएको छ ।

यही चैत ७ गते सिङ्गापुरको नेसनल स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले  सिङ्गापुरमाथि १–० को जित निकालेको थियो । जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुरलाई ३६ वर्षपछि पराजित गरेको थियो । 

नेपालको सुरुआती ११ मा कप्तान एवं गोलकिपर किरण चेम्जोङसँगै लाकेन लिम्बू, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जेलेस्पीजङ्घ कार्की, एरिक विष्ट, सुमित श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र रोहित चन्द छन् । 

नेपाल हाल फिफा वरियतामा एक सय ७५औँ स्थानमा छ भने मलेसिया एक सय ३२औँ स्थानमा छ । पुरुष फुटबलमा नेपालले मलेसियालाई अहिलेसम्म हराउन सकेको छैन । यसअघि भएको सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन । मलेसियाले छ खेल जित्दा एक खेल भने बराबरीमा सकिएको थियो ।

आजको खेल नेपालमा हुनुपर्ने हो । तर दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएको कारण नेपाली टोली मलेसिया गएको हो ।

यस छनोटमा एसियाका २४ टिमलाई विभिन्न छ समूहमा विभाजित गरिएको छ । जसमा नेपाल समूह  एफ मा परेको छ । नेपालको समूहमा मलेसिया, भियतनाम र लाओस छन् । होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM