२०८३ बैशाख १ गते, मंगलवार ११:३५

टर्कीमा विपक्षी नेता गिरफ्तारीपछि ठूलो प्रदर्शन, यातायात अवरुद्ध

७ चैत, काठमाडौं । टर्कीमा इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन शुरु भएका छन् । प्रदर्शनकारीहरूले सडक, विश्वविद्यालय र मेट्रो स्टेसनहरूमा सरकारविरोधी नाराबाजी गरिरहेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारी र प्रहरीबीच झडपको खबर पनि आएको छ । यसको प्रतिक्रियास्वरूप सरकारले देशकै सबैभन्दा ठूलो सहर इस्तानबुलमा चार दिनका लागि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ । साथै, धेरै सडक र मेट्रो सेवाहरू बन्द गरिएका छन् ।

१०० भन्दा बढी प्रदर्शनकारी पक्राउ

प्रदर्शनमा संलग्न १०० भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पक्राउ पर्नेमा धेरैजसो नेता र पत्रकार रहेका छन् । २२ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति रेसेप तैयप एर्दोगान विरुद्धको यो सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक मानिएको छ ।

भ्रष्टाचारको आरोपमा गिरफ्तारी

५४ वर्षीय इमामोग्लु आधुनिक टर्कीका संस्थापक मुस्तफा कमाल अतातुर्कको पार्टी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता हुन् । उनी मार्च २३ तारिखमा राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा थिए, तर त्यसअघि नै उनलाई भ्रष्टाचार र आतंकवादी संगठनलाई सहायता पुर्‍याएको आरोपमा गिरफ्तार गरिएको हो ।

इमामोग्लुकी पार्टी सीएचपीले यस गिरफ्तारीलाई ‘आगामी राष्ट्रपतिको विरुद्ध गरिएको षड्यन्त्र’ भन्दै विरोध जनाएको छ । विपक्षी नेता ओजगुर ओजेलले विपक्षी दलहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।

उनले भने, ’गिरफ्तारी भए पनि इमामोग्लुलाई राष्ट्रपतिको उम्मेदवार बनाइनेछ ।’

यसैबीच, सामाजिक सञ्जालमा विपक्षी दललाई राष्ट्रपति चुनावको बहिष्कार गर्न माग उठिरहेको छ । प्रदर्शनकारीहरूले भनेका छन्, ’अब टर्कीमा स्वतन्त्र र लोकतान्त्रिक चुनाव सम्भव छैन ।’

तर, सरकार भने न्यायपालिका स्वतन्त्र रहेको दाबी गर्दै विपक्षीहरूको आरोप अस्वीकार गरिरहेको छ ।

इमामोग्लुको डिग्री रद्द, उम्मेदवारी संकटमा

गिरफ्तारी हुनुअघि नै इस्तानबुल विश्वविद्यालयले इमामोग्लुको डिग्री रद्द गरेको थियो । यसका कारण उनको उम्मेदवारी संकटकालीन अवस्थामा पुगेको छ ।

टर्कीको संविधानअनुसार राष्ट्रपति बन्नका लागि उच्च शिक्षा अनिवार्य छ । यदि अदालतले आफ्नो निर्णय परिवर्तन गरेन भने इमामोग्लु राष्ट्रपति चुनाव लड्न अयोग्य ठहरिन सक्छन् ।

एर्दोगानलाई चुनौती दिइरहेका इमामोग्लु

इमामोग्लु राष्ट्रपति एर्दोगानको प्रशासनविरुद्ध सबल विपक्षी नेताको रूपमा उभिएका छन् । उनले रियल इस्टेट व्यवसाय छोडेर ४३ वर्षको उमेरमा राजनीति सुरु गरेका थिए ।

सन् २०१९ अघि उनलाई धेरैले चिनेका थिएनन् । तर, सन् २०१९ को इस्तानबुल मेयर चुनावमा राष्ट्रपति एर्दोगानको समर्थित उम्मेदवारलाई पराजित गरेर उनी चर्चित भए ।

पहिलो जित

सन् २०१९ मा उनले ४१ लाख मत ल्याएर १३ हजार मतको झिनो अन्तरले जितेका थिए । तर, चुनावमा अनियमितता भएको भन्दै निर्वाचन आयोगले चुनाव बदर गरिदियो ।

दोस्रो जित

जुन २०१९ मा फेरि चुनाव हुँदा उनले ८ लाख बढी मतले जित हासिल गरे । यस जितले उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बलियो नेताका रूपमा उभ्यायो ।

इमामोग्लुले एर्दोगान पक्षलाई तेस्रो पटक हराए

इमामोग्लु इस्तानबुलका मेयर भएपछि उनले सहरको पूर्वाधार सुधार गर्न महत्वपूर्ण काम गरे । उनी सन् २०२३ को राष्ट्रपति चुनावका लागि बलियो उम्मेदवार मानिन्थे ।

तर, विपक्षी गठबन्धनले कमाल किलिचदारोग्लुलाई राष्ट्रपतिको उम्मेदवार बनायो ।

सन् २०२४ मा इस्तानबुल मेयर चुनावमा इमामोग्लुले फेरि एर्दोगान समर्थित उम्मेदवारलाई हराए । इमामोग्लुले एर्दोगान पक्षलाई हराएको यो लगातार तेस्रो पटक हो ।

इमामोग्लुको गिरफ्तारी—एर्दोगानको चाल ?

इमामोग्लुको गिरफ्तारीलाई एर्दोगानसँग जोडेर हेरिएको छ । सन् २०२३ मा एर्दोगानले लगातार तेस्रो पटक राष्ट्रपति पद जितेका थिए । तर, टर्कीको संविधानअनुसार कोही पनि चौथो कार्यकालका लागि राष्ट्रपति बन्न पाउँदैन ।

यद्यपि, आलोचकहरूले भनेका छन्, ’एर्दोगानले सत्ता टिकाइराख्न संविधान परिवर्तन गर्न सक्छन् ।’

सन् २०२८ भन्दा अघि चुनावको सम्भावना ?

टर्कीमा अर्को राष्ट्रपति चुनाव सन् २०२८ मा हुने तय छ। तर, संविधान संशोधन गरेर वा समयअघि चुनाव गराएर एर्दोगानले फेरि सत्तामा फर्कने प्रयास गर्ने सम्भावना छ ।

इमामोग्लुको गिरफ्तारी एर्दोगानले आगामी चुनावका लागि आफ्नो मुख्य प्रतिद्वन्द्वी हटाउन खोजेको रणनीति हुन सक्ने अनुमान अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM