Sunday, February 9, 2025
घरसमाचारनारदमुनि थुलुङ स्मृति गोल्डकप : झापा एघार फुटबल क्लब फाइनलमा

नारदमुनि थुलुङ स्मृति गोल्डकप : झापा एघार फुटबल क्लब फाइनलमा




उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी दशौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा झापा एघार फुटबल क्लब फाइनल प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा एभरेष्ट फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै झापा एघार फुटबल क्लब झापा फाइनल प्रवेश गरेको हो ।

जितका लागि झापा एघारका जर्सी नम्बरका ९ प्रदीप बुढाथोकी खेलको पहिलो हाफको ६ मिनेटमै गोल गरेका थिए । प्रदीप बुढाथोकीले गरेको सुरुवाती चरणको गोल नै निर्णायक हुँदा झापा एघार फुटबल क्लब झापाले फाइनलका लागि स्थान पक्का गरेको हो । अब झापा एघारले फाइनलमा सलहेश फुटबल क्लब सिराहाको सामना गर्ने छ ।

दशौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइन खेल माघ २२ गते मङ्गलवार हुने आयोजकले जनाएको छ ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा म्यान म्यान अफ दी म्याच झापा एघारका प्रदीप बुढाथोकी भए ।

प्रतियोगितामा विजेता टिमले नगद ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उपविजेताले २ लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -