२०८२ असार ३१ गते, मंगलवार ०२:४४

अहिलेको सरकार परिवर्तन हुँदैन : नेता कोइराला




विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले नेपाली काँग्रेसलाई प्रधानमन्त्रीको अफर गर्नु बेग्लै कुरा हो भन्नुहुँदै अहिलेको बहुमतको सरकार परिवर्तन नहुने प्रष्ट पार्नुभयो ।

नेता कोइरालाले संविधान संशोधन र मुलुकको आर्थिक विकासलाई सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

एक प्रश्नमा उहाँले प्रधानमन्त्रीको चिन भ्रमण फलदायी हुने बताउनुभयो । नेपालको प्रधानमन्त्री नै भ्रमणमा गइसकेपछि उपलब्धिको अपेक्षा आफूले लिएको उहाँले बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM