Wednesday, June 19, 2024
घरविचारसार्वजनिक चासोनेपाली विमान कोरिया उड़ानमा लागेको रोक फुकाउन सांसद ढकालद्वारा सभामुखलाई ध्यानाकर्षण

नेपाली विमान कोरिया उड़ानमा लागेको रोक फुकाउन सांसद ढकालद्वारा सभामुखलाई ध्यानाकर्षण

काठमाण्डौ/प्रतिनिधिसभा सदस्य माननीय एकनाथ ढकालले नेपाली विमान कोरिया जान नपाउने नीति विरुद्ध आवश्यक छानबिन गर्न सभामुख लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भएको छ।

नेपाल परिवार दलको तर्फबाट प्रतिनिधित्व गर्दै आउनु भएका प्रतिनिधिसभा सदस्य ढकालले युरोपियन आकाशमा लामो समयदेखि नेपाली वायु सेवाहरुलाई उडानमा रोक कायम राखेको भन्दै फुकुवा गराउन संघीय सभामुख मार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् ।

नेपालको राम्रो उडान गन्तव्यको रुपमा रहेको दक्षिण कोरिया उडानमा वर्षौंदेखि नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएका कारण नेपाल एयरलाइन्सले घाटा बेहोर्नु परेको बताउनु हुँदै सांसद ढाकालले कोरियन विमान नेपाल आउने तर नेपालको विमान कोरिया जान नपाउने विभेदको अवस्था किन भयो भन्ने प्रश्न अनुतरित रहेको बताउनु भयो।

 

उनले कोरियाबाट भारतको नयाँ दिल्लीका लागिभन्दा नेपालका लागि चर्को भाडादर राखिँदा सिधा असर कोरियामा नेपालबाट रोजगारीमा जाने र फर्किने श्रमिकमाथि परेको समेत ध्यानाकर्षण गराउनु भयो ।

पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण वा वायुसेवा निगम, कसको बदमासीले गर्दा यस्तो भएको हो भन्नेबारे सम्बन्धित मन्त्रालयको धारणा पनि पनि आउनु पर्ने र सम्बन्धित संसदीय समितिले पनि आवश्यक छानबिन गरोस भनि सभामुख महोदय मार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -