Saturday, February 8, 2025
घरपत्रपत्रिकाजापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जानकारी दिएको छ ।

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्रले जानकरी दिएको छ । उनले सोही दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोही दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -