२०८२ असार ३१ गते, मंगलवार ०२:५५

चरेशसहित एक पक्राउ

वीरगंज/ पर्सा प्रहरीले ३२ किलो प्रतिबन्धित लागुऔषध चरेशसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका-४ विजयबस्ती बस्ने ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले जिराभवानी गाउँपालिका-१ गम्हरियास्थित सडकखण्डमा चेकजाँचको क्रममा चरेससहित श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताउनु भयो।

सुवर्णपुरबाट वीरगंजतर्फ ना ६१ प ९७०० नम्बरको मोटरसाइकलमा आउँदै गरेका श्रेष्ठको साथबाट ६४ प्याकेटमा रहेको ३२ केजी चरेस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी थापाले जानकारी दिए। श्रेष्ठलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको थापाले बताए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM