Friday, April 12, 2024
घरसमाचारअर्थवाणीराजस्व छलि भित्र्याईएको आठ क्वीन्टल काजु बरामद

राजस्व छलि भित्र्याईएको आठ क्वीन्टल काजु बरामद

वीरगंज/भन्सार राजस्व छलि गरी अवैध रुपमा नेपाल भित्र्याई भण्डारण गरी राखिएको आठ क्वीन्टल काजु बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्सामा प्राप्त सूचनाको आधारमा सप्रनाउ देवेन्द्र बहादुर सिंह र वीरगंज भन्सार कार्यालयका भन्सार अधिकृत दिपेन्द्र शर्मा पौडेल नेतृत्व संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. १० बजरंग टोल स्थित एक गोदामबाट काजु नियन्त्रणमा लिएको हो ।

संयुत्त टोलीले सोमवार बिहान साढे १० बजेको समयमा बजरंग टोल स्थित मगनि राउतको घरमा छापामारी गरी अवैध रुपमा भारतबाट ल्याएर लुकाइ छिपाइ राखिएको अवस्थामा रु. ७ लाख २० हजार मुल्य बराबरको ८ सय किलो काजु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर १३ गणका प्रमुख सप्रउ किशन कर्माचार्यले जानकारी दिनु भयो ।

नियन्त्रणमा लिइएको काजु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनु भयो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments