२०८२ माघ २८ गते, बुधबार ०६:१६

चरित्र हत्या हुने काम भयो: एसएसपी पाण्डे

वीरगंज/हुण्डी कारोबारी भनिएका राज साहसँग पर्साका तत्कालिन प्रहरी उपरीक्षक हाल बरिष्ठ प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले आर्थिक लेनदेन गरेर “लाइन” संचालन गर्न दिएको भनि सार्वजनिक भएको टेलिफोन अडियो रेकर्डमा चलखेल भएको समाचार सार्वजनिक भएको छ।

कुनै पनि बीत्तीय वा फौजदारी अभियोग वा कानून विपरीतका काममा हालसम्म कतै नाम नमुछिएका राज होजिअरी संचालनमा साझेदार रहेका राज साहलाई एकाएक हुण्डी कारोबारसँग जोडेर समाचार सार्वजनिक गरिनु हास्यास्पद रहेको उनका निकटवर्तीहरू बताउँछन्।

पर्सा प्रहरीमा प्रमुख रहंदा बेल बहादुर पाण्डेले तस्करी एवं हुण्डी नियन्त्रणमा गरेका कामहरूबाट असंतुष्ट प्रहरी भित्रबाटै यो अडियो बाहिर ल्याइएको हुन सक्ने आशंका गरिएको छ।

यसैबीच एसएसपी बेल बहादुर पाण्डेले व्यवहारिक सम्बन्धलाई दुरूपयोग गरि चरित्रहत्या गर्ने काम भएको प्रतिक्रिया दिएका छन्।

यता हुण्डी कारोबारीमा नाम जोडेर समाचार बाहिरिएपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ।

 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) महाराजगञ्जमा कार्यरत रहेका एसएसपी पाण्डेमाथि छानबिन गर्न समिति बनाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताएका छन्।

प्रवक्ता कडायतका अनुसार प्रहरी प्रधान कार्यालयमै रहेको अपराध अनुसन्धान विभागका डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनाइएको छ। मैनाली नेतृत्वको छानबिन समितिले छानबिन गरेर प्रतिवेदन दिएपछि सोही अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने हेडक्वाटरले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM