लागु औषधसहित भारतीय नागरिक पक्राउ

0

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, ३ भाद्र/ सशस्त्र प्रहरीले बाराबाट अवैध लागु औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं.१२गण, हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले दिनु भएको जानकारी अनुसार शुक्रवार बिहान १०:३० बजेको समयमा जिल्लाको पचरौता न.पा.-२ भट्टी बैरिया सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बारा मातहत रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पिपरपातीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05AT 5975 नं. को मोटर साईकललाई शंका लागि चेकजाँच गर्दा मोटर साईकल चालक जिल्ला मोतीहारी पुर्वीचम्पारण- २ रेगनिया बस्ने बर्ष १८ को त्रिभुवन यादव खुल्न गएको र निजबाट नोर्फिन ९२५ पिस.. – डाइजोपाम ९०० बोतल र फेनारागन ८७५ बोतल लागुऔषध बरामद गरिएको थियो।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान कार्यका लागि बरामद गरिएको लागुऔषध र निजले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटर साईकल सहित ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताउनु भयो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्