Tuesday, October 15, 2024
घरसमाचारअर्थवाणीआवेदन दिएको एक महिनामै सवारी चालक अनुमतिपत्रको परीक्षा

आवेदन दिएको एक महिनामै सवारी चालक अनुमतिपत्रको परीक्षा

काठमाडौं । सरकारले आवेदन भरेको एक महिनामै परीक्षा लिने भएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आवेदन भरेको एक महिनामै परीक्षा लिने व्यवस्था गरिने जानकारी दिएका हुन् ।

साथै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था गरिने मन्त्री शर्माले जानकारी दिए ।

उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -