२०८२ असार ३१ गते, मंगलवार ०२:४२

नवनियुक्त आईजीपी सिंहलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिन्ह लगाएका छन्।
गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले दर्ज्यानी चिन्ह लगाएका हुन्।

महानिरीक्षक सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

सरकारले आइतबार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो। तर वरियताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन्।

प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरज प्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

२०७७ मङ्सिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए।
त्यस्तै गत चैतमा धिरज प्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM