वडाध्यक्ष पक्राउको विरोधमा कर्मचारीद्वारा ‘पेन डाउन’

0

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष पक्राउ गरेको विरोधमा महानगरपालिकाका कर्मचारीले पेन डाउन गरी काम बन्द गरेका छन् । अध्यक्ष श्रीगोपाल महर्जनलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरपालिकाका सोमबार सबै वडाका कर्मचारीले काम बन्द गरेका हुन् ।

‘वडाध्यक्षलाई अनावश्यक रुपमा सोधपुछ गरेको प्रति महानगरपालिका कर्मचारी संगठनको ध्यानाकर्षण भएको छ । जनप्रतिनिधिलाई मुद्दा चलाउन तत्काल बन्द गर । दोषीउपर छानबिन गरी अनुसन्धान गर ’कर्मचारी संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले वडाध्यक्ष महर्जनलाई नक्कली कागजात खडा गरी अवैध रुपमा मिर्गौला प्रत्यारोपणका लागि सिफारिस दिएको आरोपमा असार २७ गते पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरले घटनाको अनुसन्धान भइरहेकाले यसबारेमा अहिले केही बोल्न नमिल्ने जानकारी दिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्