२०८२ माघ २६ गते, सोमबार १०:५७

वडा प्रहरी कार्यालय श्रीपुरको गतिविधि ओली सरकार र प्रहरी महानिरीक्षक खनालको कार्यदक्षतामाथि प्रश्नचिन्ह

वीरगंज, वैशाख/
श्रीपुर वडा प्रहरी कार्यालय वीरगंजको मातहतमा रहेको बीरगंज महानगरपालिकाको विभिन्न वडा तथा नाकाहरुबाट हिजोआज खुल्लेआम रुपले तस्करी भइरहेको समाचार जानकारीमा आएको छ ।
चन्द्रसूर्यलाई प्राप्त समाचार अनुसार अलौं र सिर्सिया नाकाबाट बिहान, दिउँसो, साँझ र राती विभिन्न माल समानहरुको तस्करी कार्य मौलाउदै गएको बताईन्छ ।

प्राप्त समाचार अनुसार स्थानिय ब्यापारीहरुले सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगंज र आई.सी.पी.बीरगंज मार्फत विदेशबाट खाद्यान्न, मटर र मरिच टनका टन आयात गरी सिमा नजिक गोदाममा भण्डारण गर्ने र उक्त गोदामबाट साईकल, मोटर साईकलमा तस्करहरुले लोड गरी बिहान, दिउसो र बेलुका हुलाकी सडक हुँदै अलौ र श्रिसिया नाकाबाट भारतमा तस्करी गर्दै आएका छन् ।

त्यस्तै तस्करहरुले राती १२ बजेदेखि बिहान ३ बजेसम्म ट्रेक्टरमा मटर र मरीच लोड गरी भारत तर्फ तस्करी गर्ने कार्यले सडक वरीपरी रहेको घरमा सुती रहेको घरपरिवारका मानिसहरु सवारीको आवाजले रातभरी सुत्न नसकेको कुरा स्थानीयबासी सुरेश पटेलले जानकारी गराए ।

त्यति मात्र होईन, नेपाल सरकारले आन्ध्र प्रदेशको माछा समेत प्रतिबन्ध लगाएको बर्षौ दिन बितिसकेको अवस्थामा समेत स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा खुल्लेआम रुपमा साईकल, मोटर साईकल र टाँगामा लोड गरी अलौं र सिर्सिया नाका हुँदै हुलाकी सडकबाट तस्करी गरी तस्करहरुले वीरगंज स्थित रहेको गोदाममा भण्डारण गर्ने गरेका छन् । यसरी तस्करीको बाटो भण्डारण गरिएका माछा गोदामबाट काठमाण्डौ, पोखरा, नारायाणघाट, जितपुर, सिमरा लगायत नेपालको मुख्य शहरहरुमा गाडीमा लोड गरी तस्करी गर्दै आएको समाचार छ ।

त्यस्ता माछा समेत वीरगंजको बजारमा खुल्लेआम रुपले बिक्री बितरण हुदै आएको भएपनि स्थानीय प्रहरी प्रशासन मौन देख्नाले बुद्धिजिबीहरु ने.क.पा. को ओली सरकार प्रति गम्भिर प्रश्न चिन्ह खडा गरेका छन् ।

अर्कोतिर प्लाण्ट क्वारेण्टिन एवं बिषादी व्यवस्थापन केन्द्र अन्र्तगत रहेको बीरगंजको सीमा नजिक क्वारेण्टिन कार्यालय बीरगंजले भारतबाट आयत गरीने तरकारीहरुमा रहेको बिषादी चेक जाँच नै नगरी ताजा तरकारीको क्वारेण्टिन कागजात बनाई स्थानीय ब्यापारीहरुलाई दिईदै आएको छ ।

सो क्वारेण्टिनको कार्यालयको कार्य सम्पादन बारे सम्बन्धित सरकारी निकायले समय समयमा छडके चेक जाँच नगरेकै कारण कर्मचारीहरुले आफनो मनोपली कार्यालय संचालन गर्दै गएका छन् ।

बिषादी तरकारीबाट नेपालमा कति रोगी भए त्यसको हाल सम्म सर्वे नभएकै कारण यकिन गर्न नसकिने एकजना चिकित्सकले नाम नछाप्ने सर्तमा बताए ।

यसैगरी बर्डप्mलुको महामारी फैलिइरहेको समयमा विभिन्न छोटी भन्सार नाकाहरूबाट मध्यरातीको समयमा तस्करहरू सो क्षेत्रका प्रहरीहरूलाई प्रभावमा पारी भारतीय कुखुरा, चल्ला, अण्डा, रांगा, भैंसी लगायतका मासुजन्य पशुपंक्षी भिœयाउने गरेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुर र सो मातहतका प्रहरीहरू तस्करको प्रभावमा परेर जनताको स्वास्थ्यसंग प्रत्यक्ष खेलवाड गर्ने तथा नेपाल सरकारको राजश्वमारा कालाबजारीया र तस्करहरूलाई सघाएको देख्दा स्थानीय वुद्धिजीवी र भद्रभलाद्मीहरू नेकपाको ओली सरकार तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेतको कार्यदक्षतामाथि प्रश्नचिन्ह खडा गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM