२०८२ असार ३१ गते, मंगलवार ०२:२२

कागजी विकासलाई गाउँपालिका अध्यक्षको गतिलो झापड़

पर्सा, वीरगंज । विगत १५ वर्षसम्म जनप्रतिनिधि बिहीन रहेको स्थानीय निकायमा आउने बिकास बजेटलाई कागजमा सिध्याउने प्रचलनलाई गतिलो झापड़ हानेर विकास निर्माणको कार्यलाई द्रुत गतिमा अगड़ी बढ़ाएर जिल्लामैं उदाहरणीय गाउँपालिकाको रुपमा स्थापित गराएका छन्, पर्साको छिपहरमाई गाउंपालिकाका अध्यक्ष मनोज कुमारले ।

गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको सात महिनाको सानो अवधिमा विकास कुन चरीको नाम हो भन्ने समेत थाहा पाउन नसकेका गाउँका बासिन्दाहरुमाझ सड़क नाला निर्माण, स्वास्थ्य, शिक्षा लगायतमा उदाहरणीय कार्य गरेर प्रशंसा पाइरहेका छन ।

मिर्जापुर, सम्भौता, जयमंगलापुर, तुलसिवरवा र भीष्वा समेत गरेर बनेको छिपहरमाई गाउँपालिकाका बिरामी, बृद्ध र विशेष गरी गर्भवती व्यथाले चेपेको समयमा उपचार गराउन गाह्रो हुने गरेको, सुत्केरी व्यथा च्यापेको समयमा ४० किलोमीटर टाढा भारतीय बजार बेतिया लागेर असुरक्षित सुत्केरी गराउनु पर्ने बाध्यता तथा उपचारकै लागि २५ किलो मीटर टाढाको यात्रा तय गरी सदरमुकाम वीरगंज पुग्नुपर्ने बध्यात्मक अवस्था सो गाउँपालिकाका अध्यक्ष मनोज कुमारको विशेष सक्रियतामा अन्त्य भएको छ ।

 

सो गाउँपालिकामा सुरक्षित बच्चा जन्माउने बर्थिंग सेन्टरको स्थापना गरिएको स्थानीयहरू बताउंछन । नागरिक स्वस्थ्यलाई विशेष प्राथमिकतामा राखेका अध्यक्ष मनोज कुमारको कार्यकालमा महिला र पुरुष विरामीको चेकजांचकोलागि छुट्टाछुटै बिरामी जाँचकक्षको निर्माण गरिएपछि जनताहरू उत्साहित भई स्वास्थ सेवा लिरहेका पाइन्छ ।

त्यस्तै गाउँका विभिनन क्षेत्रमा भैरहेको नाला, सड़क, सोलार, कृषकका लागि सिंचाईलगायतका कार्यहरु द्रुत गतिमा अगाड़ी बढ़ाएर गाउँपालिका अध्यक्ष मनोज कुमारले विकासे बजेट कागजमा सिध्याउने प्रबृत्तिलाई गतिलो झापड़ हनेका छन ।
छिपहरमाई गाउँपालिकामा भैरहेको बिकास निर्माणकार्यलाई यदि देश भरका स्थानीय निकायले अनुशरण गर्ने हो भने आगामी पाँच वर्ष मैं नेपाल नमूना देश बन्ने निश्चित छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM