२०८२ माघ ९ गते, शुक्रबार ०३:००

आईपीएलमा गुजरातको पहिलो जित, मुम्बईको लगातार दोस्रो हार

१६ चैत, काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको हो ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । सुर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए । तिलक वर्माले ३९ रन बनाए ।

ओपनरद्वय रोहित शर्मा ८ तथा रायन रिकेल्टन ६ रनमै मोहम्मद सिराजको बलमा आउट भएपछि सुर्यकुमार र तिलक मिलेर साझेदारी बनाउँदा मुम्बई १० ओभरमा ८६-२ को अवस्थामा थियो ।

त्यसपछि बलिङमा आएका प्रसिद्ध कृष्णाले शानदार स्पेल गरेपछि गुजरातले दबाब बढाएको थियो । १२औं, १४औं, १६औं र १८औं ओभर गरेका उनले १८ रन मात्र दिएर २ विकेट लिए । त्यसबीचमा साइ किशोरले पनि राम्रो बलिङ गरे ।

सिराज र प्रसिद्धले २-२ विकेट लिए भने साइ किशोर र कगिसो रबाडाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९६ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो ।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६३ रन बनाए भने जस बटलरले ३९ तथा कप्तान शुभमन गिलले ३८ रनको योगदान दिए । शेरफान रदरफोर्डले १८ रन बनाए ।

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिँदा मुजीब उर रहमान, दीपक चहर, ट्रेन्ट बोल्ट र सत्यनारायण राजुले १-१ विकेट लिए ।

योसँगै २ खेलमा २ अंकसहित गुजरात अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ भने लगातार दुई खेलमा पराजित मुम्बई अंकविहीन रहँदै नवौं स्थानमा छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM