२०८३ बैशाख २२ गते, मंगलवार १६:१२

बारा जिल्लामा दुई दशकदेखि बस्नेतकोे हालीमुहाली

बारा । हाकिमहरूकोे गुलामी र सलामीमा अव्बल ठहरिएको कारणले प्रहरी जवानबाट शुरू गरेको जागिरे यात्रामा सई हुँदासम्म एउटै जिल्लामा रजगज गरिरहेका ब्यक्तिकोे नाम हो दीपक बस्नेत।

दुई दशकसम्म पथलैया ट्राफीकमा बसेर सबै कारोबारीलाई चिनेर पैसा उठाउन सक्ने कलाका माहिर खेलाडी भएको कारणले सई दीपक बस्नेतलाई बर्तमान एस.पी.ले क्राईम टोलीकोे ईन्चार्ज बनाएर जिल्ला लुट्न लगाएका छन्।

सई बस्नेतले पथलैयामा प्रहरी सहायक हवल्दार रतनेश मण्डल, जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी हवल्दार बीर शम्शेर राउत, प्रहरी जवान पंकज चौरसियालाई मटिअर्वा र प्रहरी जवान रमेश हमाललाई सिमरामा र अमलेखगंजमा प्रहरी जवान बृजलाल यादबलाई घुमुवा खटाएर असूली गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM