२०८२ माघ २४ गते, शनिबार ००:२६

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृत समक्ष उजुरी

रौतहट/प्रतिनिधिसभा सदस्य निर्वाचन, रौतहट क्षेत्र नं. १ अन्तर्गत उम्मेदवारी दिएका श्री माधव कुमार नेपाल विरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरिएको छ।

मिति २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका श्री माधव कुमार नेपाल पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई कपिलवस्तु जिल्लाको तिलौराकोटस्थित महत्वपूर्ण ऐतिहासिक तथा सरकारी सार्वजनिक सम्पत्ति रहेको जग्गा अवैध रूपमा हस्तान्तरण गरिएको प्रकरणमा मुछिएको आरोप उजुरीमा उल्लेख गरिएको छ।

उजुरीकर्ताका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम विशेष अदालत, बबरमहल काठमाडौँमा “सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको” विषयमा ०७९-४८-०१०७ नम्बरको आरोपपत्र दायर भई मुद्दा विचाराधीन अवस्थामा रहेको छ।

उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार अदालतमा विचाराधीन रहेकोले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को व्यवस्था अनुसार अभियोग लागेका व्यक्तिको उम्मेदवारी कायम रहन नसक्ने भन्दै श्री माधव कुमार नेपालको उम्मेदवारी खारेज गरिनुपर्ने माग गरिएको छ।

उजुरी प्रतिनिधिसभा सदस्य उम्मेदवार रामश्रेष्ठ राय यादवद्वारा निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १, रौतहट, गौरमा दर्ता गराइएको हो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM