२०८३ बैशाख २२ गते, मंगलवार १६:१९

स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता एवं राप्रपाका नेता स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई सोधपुछका लागि बोलाएको छ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक संजालमार्फत पार्टीका उम्मेदवार नेपाललाई सोधुपछका लागि साइबर ब्यूरोले बोलाएको पुष्टि गरेका छन्। नेपाल राप्रपाबाट झापा-२ मा उम्मेदवार छन्। उनी यतिबेला चुनावको प्रचारप्रसारका लागि झापामै छन्।

चुनाव प्रचारप्रसारको क्रममा रहेका पार्टीका नेतालाई अनावश्यक दु:ख दिन खोजेको र चुनावी अभियानलाई प्रभावित पार्ने षडयन्त्र भएको हुनसक्ने प्रवक्ता श्रेष्ठले बताए। उनले बोलेकै आधारमा सरकारी संयन्त्रले निरुत्साहित तुल्याउने प्रपञ्च गरेको भन्दै आपत्ती समेत जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM