२०८३ असार १० गते, बुधबार १३:५७

राजा ज्ञानेन्द्र परिवारसहित जनकपुर सवारी हुँदै

काठमाडौँ । श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह जनकपुरधाम सवारी हुने भएका छन्।

संवाद सचिव डा. फणिराज पाठकबाट प्राप्त सूचनाअनुसार यही माघ १२ गते श्री ५ महाराजाधिराज तथा बडामहारानी जनकपुरधाम सवारी भई जानकी मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको छ।

धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने जानकी मन्दिरमा राजपरिवारको दर्शन कार्यक्रमलाई विशेष अर्थका साथ हेरिएको छ। जनकपुरधाममा हुने यस सवारीलाई लिएर स्थानीयस्तरमा चासो र उत्सुकता बढेको देखिन्छ।

उक्त कार्यक्रम शान्त, मर्यादित र परम्परागत ढंगले सम्पन्न हुने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM