२०८३ बैशाख ३१ गते, बिहीबार ०५:१४

पर्सा प्रहरीले छापामारी गरी बरामद गरेको करोडौँ कपड़ा कसको हो ?

वीरगंज/पर्सा प्रहरीले वीरगंज महावीर स्थान स्थित पम्पम विल्डिङमा रहेको गोदाममा छापामारी गरी करोडौं मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ।

कारोबारीहरूले सो विल्डिङमा फ्ल्याट नै भाडामा लिएर भण्डारण गरि राखेको अवैध कपडा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सूचनाको आधारमा छापामारी गरी बरामद गरेको हो ।

करोडौं मूल्य बराबरको अवैध भारतीय कपडा बरामद भएको घट्नाले वीरगंजको सिमावर्ती क्षेत्रबाट संस्थागत तस्करी भइ रहेको पुष्टि गरेको छ ।

विगतमा संचालित संस्थागत तस्करी धन्धालाई पर्सा जिल्लाका नवआगन्तुक प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले नियन्त्रण गर्ने नीति अवलम्बन गरेपछि खुल्लेयाम चलेको तस्करी लाईन बन्द भएको थियो ।

तर पछिल्लो केही समय देखि अवैध कारोवार अर्थात राजस्व चुहावट नियन्त्रण गर्ने सरकारी निति निर्देशन तथा पर्सा प्रहरी प्रमुख एसपी ढुँगेललाई समेत चुनौती दिंदै पर्सा जिल्लामा पछिल्लो केही वर्ष देखि विभिन्न शक्ति केन्द्रको बलमा बस्दै आएका तल्ला स्तरीय प्रहरी कर्मचारीहरु कै समन्वयमा तस्करहरुले पुनः शिर उठाएको यो घटनाले पछिल्लो चर्चालाई पुष्टि गरेको छ ।

पम्पम विल्डिङको फ्ल्याटबाट बरामद भएको करोडौं मूल्य बराबरको भन्सार छली ल्याइएको अवैध कपडाहरु सीमावर्ती भारतीय सहर रक्सौलमा पसल राखेका नेपाल र भारत दुई देशका नागरिक एवं कपडा किंगको रुपमा परिचित दिपक तुल्स्यान, भारतीय नागरिक संदिप अग्रवाल, अनिल घोडिया र अशोक टिवडेवालको भएको बजारमा चर्चा छ ।

तर प्रहरीले भने अहिले सम्म कसको हो भन्ने पुष्टि नभएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रनाउ कुमार विक्रम थापासँग बुझ्दा उहाँले अहिले अनुसन्धानकै क्रममा रहेकाले केहि भन्न नसकिने बताउनु भयो ।

तस्करी तथा भन्सार छली गरी अवैध रुपले भित्र्याएर भण्डारण गरिएको सूचनाको आधारमा छपामारी गरिएको प्रहरी श्रोतबाट बुझिन आएको छ ।

पम्पम विल्डिङमा तीन फ्ल्याट भाडामा लिएर तस्करहरुले उक्त कपडाहरु भण्डारण गरेका थिए ।

तस्करहरुलाई सीमावर्ती क्षेत्रका प्रहरी चौकी प्रमुख र ड्यूटीवाल प्रहरीका साथै घुमुवा र टाइगर टोलीको रुपमा परिचालित प्रहरी सहायक निरीक्षक कृष्ण राई, लामो समय देखि पर्सा जिल्लामा घुमुवा रहेर तस्कर तथा अवैध कारोबारीहरूसँग परिचित सप्रह उमेश यादव, प्रह मोहन यादव, वडा प्रहरी कार्यालय बिर्ताका घुमुवा अनरुद्ध यादव लगायतले एसपी ढुंगेलको नितिनिर्देशनलाई चुनौती दिंदै सहजिकरण गर्दै आएको पछिल्लो समय चर्चाको विषय बनेको छ ।

यिनिहरुले सिमावर्ती क्षेत्रमा समन्वय गर्नुका साथै जिल्ला प्रहरी कार्यालयबाट निस्किने गस्ति टोलीबारे समेत तस्करहरुलाई सूचना चुहाएर राती १२ बजे पछि अवैध रुपले रक्सौलबाट मालसामान वीरगंज भित्र्याउन सहजिकरण गर्ने गरेको श्रोतको दावी छ ।

हेर्नुहोस् सम्बन्धित समाचार :

एसपीलाई झुक्याएर पर्साबाट तस्करी, तस्करसँग समन्वय गर्ने प्रहरी को हुन् ?

 

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM