२०८३ असार १९ गते, शुक्रबार १४:२५

११ हजार भोल्टको करेन्ट लागेर एक जना घाइते

बारा/बाराको पचरौता नगरपालिका–८ बाझोपट्टीस्थित माईको मन्दिरमा ग्रिल जडान गर्ने क्रममा ११ हजार भोल्ट क्षमताको विद्युत् लाइनको करेन्ट लाग्दा एक कामदार घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार बिहान करिब १० बजे ग्रिल जडान गर्ने क्रममा सिम्रौनगढ नगरपालिका–३ नयाकाटोल निवासी ३८ वर्षीय रामलाल पटेलको टाउकोमा माथिबाट गएको उच्च भोल्टेजको विद्युत् तार छोएपछि उनी करेन्ट लागेर गम्भीर घाइते भएका हुन्। उनी गंगाराम पटेलका छोरा हुन्।

घटनापछि घाइते पटेललाई तत्काल प्रादेशिक अस्पताल कलैयामा पुर्‍याई सामान्य उपचार गरिएको थियो। थप उपचार आवश्यक देखिएपछि उनलाई वीरगञ्जस्थित अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको र उपचारमा आफन्त संलग्न रहेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट लंगडाचौकबाट प्रहरी सहायक निरीक्षक थिरबहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

Live

Listen Live FM