२०८३ असार १९ गते, शुक्रबार २१:१७

एक घन्टाभित्र दरबन्दीमा खटाउन प्रहरी प्रधान कार्यालयको परिपत्र

काठमाडौं । काजमा अनुकुल कार्यालयमा बस्ने प्रवृत्तिविरुद्ध प्रहरीमा कडाई सुरु भएको छ। प्रहरी प्रधान कार्यालयले एक घन्टाको मात्र समय दिएर बिशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरीलाई दबन्दीमा खटाउन परिपत्र गरेको छ।

खासगरी बिशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पिएसओ, चालक तथा ट्राफिक प्रहरीलाई एक घन्टाभित्र दरबन्दीमा खटाउन भनिएको हो। उपत्यका प्रहरी कार्यालय र सातै वटा प्रदेश प्रहरी कार्यालयलाई यस्तो परिपत्र भएको हो।

डिआइजी अबिनारायण काफ्लेद्वारा जारी परिपत्रमा भनिएको छ–‘त्यहाँ र मातहत कार्यालयबाट बिशिष्ष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारी (पिएसओ)हरु, सवारी चालकको जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीहरु र ट्राफिक व्यवस्थापनमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई एक घन्टाभित्र सम्बन्धित दरबन्दीमा रमाना गरी निजहरुको बदलामा रिजर्भ (गण, गुल्म) कार्यालयहरुबाट तालिम प्राप्त प्रहरी कर्मचारी खटाई सोको विवरण खुलाई पठाउन हुन निर्देशनअुनसार अनुरोध।’ प्रहरीमा हजारौं प्रहरी दरबन्दीबाहिर कार्यरत छन्। पहुँचका भरमा कतिपय बर्षौसम्म एउटै कार्यालयमा काम गर्दै आएका छन् । त्यस्ता प्रहरीहरुलाई हाल दरबन्दीमा खटाउने अभियान सुरु भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

Live

Listen Live FM