२०८३ असार १९ गते, शुक्रबार १९:५२

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयमा टेण्डर प्रक्रिया तथा भवन निर्माणका क्रममा अनियमितता भएको भन्ने उजुरीमाथि अनुसन्धान सम्पन्न भएपछि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

मुद्दा दायर हुनेमा राजपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, इन्जिनियर मोहम्मद शाह फैसल, जनता (नमूना) माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र तथा विद्यालयका लेखापाल शेख जहिर रहेका छन्। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुल, जरिवाना तथा कैद सजायको माग गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार राजपुर नगरपालिकाको २०७५ चैत ३ गतेको निर्णयअनुसार नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत बहुवर्षीय गुरुयोजना स्वीकृत गरी विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरिएको थियो। नयाँ बानेश्वरस्थित डिबी मल्टी इन्जिनियरिङ कन्सल्टेन्टले तयार गरेको प्रारम्भिक लागत अनुमान ९७ लाख ३७ हजार ९ सय ९४ रुपैयाँ ६२ पैसा रहेको प्रि–स्कुल ब्लकको आठ कोठे भवन निर्माणको लागत पछि संशोधन गरी एक करोड ५ लाख ७७ हजार ५ सय ९६ रुपैयाँ ४० पैसा कायम गरिएको थियो।

अनुसन्धानका क्रममा आयोगले निर्माण कार्यको स्थलगत नापजाँच गर्दा वास्तविकभन्दा ११ लाख १० हजार १ सय १४ रुपैयाँ ५७ पैसा बराबरको बढी काम भएको देखाई झुट्टा बिल तथा भरपाई तयार गरी भुक्तानी लिएको निष्कर्ष निकालेको जनाएको छ।

आयोगका अनुसार निर्माण समितिको २०७७ फागुन १६ गतेको बैठकबाट रकम निकासा गर्ने निर्णय गराइएको थियो। त्यसपछि प्राविधिक मूल्याङ्कनमा नभएको कामसमेत भएको देखाई बढी मूल्याङ्कन गरी नेपाल सरकार तथा विद्यालयको कोषलाई गैरकानुनी हानि पुर्‍याउने उद्देश्यले भुक्तानी लिने–दिने कार्य भएको पुष्टि भएपछि चारै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

Live

Listen Live FM