२०८३ बैशाख ३१ गते, बिहीबार ०५:१८

पम्पम बिल्डिंगमा छापा, प्रहरीको संरक्षणमा तस्करी भैरहेको पुष्टी

वीरगंज/ वीरगंजको महावीर स्थानस्थित एक गोदाममा प्रहरीले छापामारी गरेर चार करोड भन्दा बढ़ी मूल्य बराबरको चोरी तस्करी एवं राजस्व छलि गरि ल्याइएका कपड़ा नियन्त्रणमा लिइएको छ।

चन्द्रसूर्यवाणीले तीन दिन अघि

एसपीलाई झुक्याएर पर्साबाट तस्करी, तस्करसँग समन्वय गर्ने प्रहरी को हुन् ?

“एसपीलाई झुक्याएर पर्साबाट तस्करी, तस्करसँग समन्वय गर्ने प्रहरी को हुन् ?” भन्ने शीर्षकमा समाचार प्रकाशन गरेपछि एसपी कुमोध ढूंगेलको विशेष निगरानीमा अनुसन्धान भएपछि सो स्थानमा तस्करी गरि ल्याइएका कपड़ाहरू भण्डारण गर्ने खबर पुष्टी भएपछि बिहीबार सो स्थानमा छापामारी गरि झण्डै चार करोड भन्दा बढ़ी मूल्य बराबरका कपड़ा बरामद गरिएको खबर प्राप्त हुन आएको छ।

उक्त गोदामबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा फेला परेको स्रोतले जानकारी दिएको छ । धेरै परिमाण्मा कपडा बरामद भएपछि प्रहरीले छापामारी जारी राखेको स्रोतले जानकारी दिएको छ ।

अहिले छापामारी जारी रहेकोले विस्तृत विवरण आउन बाँकी छ ।

तस्करहरुलाई सीमावर्ती क्षेत्रका प्रहरी चौकी प्रमुख र ड्यूटीवाल प्रहरीले व्यक्तिगत रुपमा पटके लाइन दिएपछि दैनिक लाखौँ राजस्व चुहावट हुने गरेको बताइन्छ।

तस्करहरूलाई लाइन मिलाइदिन जिल्ला प्रहरी कार्यलय अन्तर्गतका टाइगर टोली प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण राई, लामो समय देखि पर्सा जिल्लामा घुमुवा रहेर तस्कर तथा अवैध कारोबारीहरूसँग परिचित सप्रह उमेश यादव, प्रह मोहन यादव, वडा प्रहरी कार्यालय बिर्ताका घुमुवा अनरुद्ध यादवलगायतले तस्करहरूसँग समन्वय गरिदिने गरेका छन्। जिल्ला प्रहरी प्रमुख वा जिल्ला प्रहरी कार्यालयबाट निस्किने छड़के टोलीका बारेमा समेत सप्रह उमेश यादवले सूचना चुहावट गरेर तस्करहरूलाई सचेत गराउने काम समेत गर्दै आएकोले तस्करी नियंत्रण चुनौतीको विषय बन्दै गएको अवस्थामा आजको छापामारीले तस्करहरूमा हल्लीखल्ली मच्चिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM