काठमाडौँ वडा नं. १९ द्वारा ज्येष्ठ नागरिकका लागि धार्मिक भ्रमण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

200 Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १९ को आयोजनामा ज्येष्ठ नागरिकहरूको सम्मानस्वरूप धार्मिक भ्रमण तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

IMG 20261123 WA0001

वडा सदस्य चन्द्र मान डङ्गोलको संयोजनमा करिब २०० जना ज्येष्ठ नागरिकहरूलाई भक्तपुरस्थित ऐतिहासिक तथा धार्मिक स्थल चाँगुनारायण मन्दिरको भ्रमण गराइएको हो। भ्रमणका क्रममा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।

IMG 20261123 WA0002

कार्यक्रमबारे वडा नं. १९ का अध्यक्ष राजेश कुमार श्रेष्ठले समाजका अग्रज तथा ज्येष्ठ नागरिकहरूलाई सम्मान व्यक्त गर्न, धार्मिक स्थलको अवलोकनमार्फत मानसिक पुनर्ताजगी प्रदान गर्न र उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

वडा कार्यालयले आगामी दिनमा पनि ज्येष्ठ नागरिक लक्षित यस्ता सम्मान तथा स्वास्थ्यमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM