Wednesday, September 11, 2024
घरविचारप्राकृतिक विनास विनाको विकास आजको आवश्यकता

प्राकृतिक विनास विनाको विकास आजको आवश्यकता

–  सिर्जना वाग्ले

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, कला–साहित्यिक विविध प्राकृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनबाट मातृभूमिको गौरब बढाउनु समग्र नेपालका सम्पूर्ण नेपालीहरूको कर्तव्य हो । प्रकृति नै संसारका सबै प्राणी तथा वनस्पतिको घर हो । पृथ्वी साझा हो । हामी प्रकृतिबाटै आयों र प्रकृतिमै विलिन हुन्छौं । सबै प्राणी तथा वनस्पतिको सृष्टि, स्थिति र संहारकर्ता प्रकृति नै हो । प्रकृति नै ईश्वर हो ।

हिजोआज विज्ञान र प्रविधि र विकासका नाममा प्रकृतिको निरन्तर दोहन भइरहेको छ । प्रकृति र वनस्पतिबीच अन्योन्याश्रित सम्बन्ध छ । विश्वव्यापी रुपमा माटो, पानी र वायु प्रदूषण भइरहेको छ । प्रदूषणले जलवायउु परिवर्तन भइरहेको छ । जलवायु परिवर्तन विश्वव्यापी प्रमुख चुनौती र सम्स्या हो । जलवायु परिवर्तन वर्तमानमा सर्वाधिक चिन्ता र चासोको विषय हो ।

जलवायु परिवर्तन जीवन–मरणको सवाल बनेको छ । जलवायु परिवर्तन एउटा गम्भीर र संवेदनशील विषय बनेको छ । विश्वका सम्पूर्ण मनुष्यको सरोकारको विषय बनेको छ, वातावरण प्रदूषण र जलवायु परिवर्तन । प्रकृतिले हामीलाई मूल्यवान पानी, हावा, ताप, आकाश आदि उपहार दिएको छ । जसलाई हामीले कुै पैसा तिर्नु पर्दैन । विज्ञान र प्रविधिले प्रकृतिबाट फाइदा लिन सक्दछ तर विज्ञान र प्रविधिले प्रकृति निर्माण गर्न सक्दैन । विगतको स्वच्छ वातावरण, निर्मल बग्ने खोला, पौष्टिकयुक्त र शुद्ध खानेकुरा आज धेरै टाढाको विषय बन्न लागेको छ । धुलो, धुवाँ, फोहोरमैलामा वातावरण रुम्मल्लिएको छ । वनजंगलको बढ्दो विनाशले मानिस, वनस्पत्ति र पशुपंछी जोखिमयुक्त अवस्थामा छन् । वातावरणीय प्रदूषण न्यून गर्न सकिन्छ तर आउँदा दिनहरूमा प्रदूषण उन्मूलन चाहिं गर्न सकिंदैन । प्रदूषण एउटा जटिल समस्या बनेको छ । वातावरण संरक्षण अत्यन्त खाँचोको कुरा हो । मान्छे प्रकृतिसँग नजिक छ, नजिक रहनु पर्दछ । प्रकृतिसँग हाम्रो सम्बन्ध अनन्त रहिरहनु पर्दछ । हामी स्वच्छ, स्वस्थ र आनन्ददायी जीवनकोलागि प्रकृतिसँग नजिक रहनु पर्दछ ।

अप्राकृतिक वस्तुको बढी प्रयोग हुन थालेको छ । प्रकृति बोल्दिन तर व्यवहारले देखाउँछिन् भनिन्छ । प्राकृतिक विपत्ति या दैवी विपत्ति प्रकृति रिसाएर गरिएको व्यवहार हो । प्रकृति मानिसजस्तो रिसाउँदिनन् तर रिसाएपछि कसैलाई माफ गर्दिनन् । जस्तो भूकम्प, सामुद्रिक आँधीले एकैसाथ लाखौं लाख मानिसलाई प्रभावित पार्न सक्दछ । भुकम्प गयो भने धनी वा गरीबको पीडा एउटै हुन्छ । प्रकृतिलाई जोगाउनेतर्फ हामीले बेलैमा सोचेनौं भने प्रकृतिले मानिसले बनाएको सुन्दर संरचनालाई क्षणभरमै नष्ट गरी दिन सक्दसिछन् । प्रकृति शासनसत्ता भन्दा निकै शक्तिशाली छिन् । प्रकृति कै निर्देशनमा वर्तमान विश्व चलेको छ । ‘प्रकृतिको लिला अपरम्पार जसमा घुम्दछ सारा संसार । मानिस त फगत निमित्त मात्र हो ।

वर्तमान रफ्तारमा वायु प्रदूषण, वातावरण प्रदूषण बढ्दै गयो भने प्रकृतिको सृष्टि समाप्त हुन धेरै दिन कुर्नु पदैन । मनुष्यले जानाजानी प्रकृतिको दोहनमा ज्यादती गरिरहेको छ । यो विनासको संकेत हो । समय हुँदैमा सचेत होऔं, होइन भने अकाल रुपमा हाम्रो मृत्यु अवश्यंभावी छ । विश्वमा पिउने पानीको हाहाकार छ । माटो प्रदूषित भएको कारण खेतीपातीमा रोगको प्रकोप बढ्न गई उत्पादनमा ह्रास आएको छ । अन्नपात, तरकारी, फलफूल जोगाउन अति विषादी प्रयोग गर्नुपर्ने बाध्यता आएको छ । विषादी प्रयोग गरेको खाद्य सामग्री खानु भनेको मन्द विष खानु हो । जसको कारण मानिस विरामी नपरको कुनै घर परिवार पाउनु नै मुस्किल भएको छ ।

आगामी सन् २०५० सम्ममा विकसित देशमा ८६ प्रतिशत विकासोन्मुख देशमा ६४ प्रतिशत मानिसहरू धनि हुँदै सहरमा बसोबास गर्न पुग्दैछन् र उपभोग गर्नुपर्ने सामग्रीहरूको प्रकृति नै परिवर्तन हुँदै जानेछ । मानिसको प्रवृत्ति परिवर्तन हुँदै गएकोले प्रकतिले पनि आफ्नो व्यवहार परिवर्तन गरी प्राकृतिक सन्तुलन गुमाउनु पर्ने अवस्था आउने छ । परम्परागत ज्ञान भनेको परापूर्वकाल देखि श्रुतिको रुपमा पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको जैविक विविधता, परम्परागत प्रविधि, उपचार पद्धति, कृषि पद्धति, लोक संस्कृति, लोक साहित्य जस्ता विषयमा कुनै समुदायमा निहित ज्ञान हो । परम्परागत ज्ञान, परम्परागत प्राकृतिक बाट गर्ने ठाउँ छैन ।

२०७५ वैशाख ६ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -