१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दललाई नरोज भन्नु मानिसको स्वतन्त्र विवेकमाथि हुकुमी शैली भएको बताएका छन् । कीर्तिपुरको चुनावी सभामा बोल्ने क्रममा महामन्त्री शर्माले कुनै दलमा नलाग भन्ने आवेश नागरिकले मान्न जरुरी नभएको बताएका छन् ।
शर्माले भने, ‘कुनै व्यक्ति स्वतन्त्र पनि हुन सक्छ । कोही व्यक्ति कुनै दलमा पनि हुनसक्छ । पुरानाको दिन गए भन्ने मनोविज्ञानसँग हामी सहमत छैनौं । पुरानाको दिन गए भन्नेहरुले धर्ती र पृथ्वीको इतिहास विर्सेको शर्माले टिप्पणी गरे ।
पुराना दल र पुराना फाइलको दिन नजाने महामन्त्री शर्माले दाबी गरे । पुराना फाइलहरू पनि खुल्ने शर्माले प्रतिबद्धता व्यक्त गरे । भ्रष्टचार काण्डमा प्रक्राउ परेकालाई जेलमा ठाउँ नपुगे अर्को बर्षको बजेटमा जेलको विस्तार गर्न थप बजेट छुट्याउन सकिने बताए । ‘कानुन कांग्रेसका नेताहरूलाई लागु हुने छैन भनि लेखिएको छैन,’ शर्माले भने ।
रास्वपा पार्टीप्रति संकेत गर्दै महामन्त्री शर्माले दल स्वतन्त्र हुन नसक्ने टिप्पणी गरे ।