२०८३ बैशाख ११ गते, शुक्रबार १६:४९

राजा ज्ञानेन्द्रलाई पोखरामा भव्य स्वागत

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनलाई समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका छन् ।

लोकतन्त्र दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणमा निस्किएका हुन् । उनी पोखरामा नवनिर्मित सोल्टी होटलमा बस्ने छन् ।ज्ञानेन्द्र शाह पोखरामा कम्तिमा २ हप्ता बस्ने योजनाका साथ आएको बताइएको छ । २०८१ माघ २७ गते पोखरा भ्रमणमा आएका ज्ञानेन्द्र २ साता बसेर फर्किँदा राजावादीहरुले काठमाडौं विमानस्थलमा ठूलो शक्ति प्रदर्शन गर्दै स्वागत गरेका थिए ।

ज्ञानेन्द्र शाहको पोखरा भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले पूर्वराजाको यसपटकको भ्रमण अर्थपूर्ण रहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM