२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:२३

राजस्वको गोदामबाट सामान बिक्री गर्नेलाई देवकोटाको संरक्षण

वीरगंज/नष्ट गर्नु पर्ने सामानहरु बिक्री गर्ने कर्मचारीलाई राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख र सूचना अधिकारीले संरक्षण गरिरहेको बुझिन आएको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाको मुद्दा शाखामा कार्यरत एवं गोदामका इन्चार्ज रवी नेपालीले नष्ट गर्नु पर्ने सामानहरु विक्रि गरेको जानकारी भए पनि उनलाई कारवाही गर्नुको साटो संरक्षण गरिएको समाचार प्राप्त हुन आएको छ ।

राजस्व चुहावटको अभियोगमा विभिन्न निकायबाट अनुसन्धान तथा कारवाहीको लागी पठाइएको मालबस्तुहरु सडे गलेको तथा गुणस्तरहिन प्रयोग गर्न नहुने अवस्थामा रहेकोले नष्ट गर्नु पर्ने भनी गरिएको निर्णय विपरित राजस्व अनुसन्धान कार्यालय पथलैयाका सुब्बा रवी नेपालीले बिक्री गरेको समाचार बाहिरिए पछि छानविन गरी कारवाही गर्नु पर्ने भए पनि राजस्व अनुसन्धान कार्यालयका प्रमुख प्रेम देवकोटा र सुचना अधिकारी प्रमोद चौधरीले संरक्षण गरिरहेको बताईन्छ।

प्रमुख देवकोटा र सुचना अधिकारी चौधरीले गोदाम इन्चार्जको जिम्मेवारी अन्य कर्मचारीलाई दिएर नेपालीलाई कारवाहीबाट जोगाएको बताइन्छ ।

रवी नेपालीले नष्ट गर्नु पर्ने सामानहरु विक्रि गरेको तथा राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आ.ब.मा गरेको गतिविधिबारे जानकारी माग्दा सुचना अधिकारी चौधरीले विभिन्न बहाना बनाउनुको साथै प्रमुख देवकोटाले सुचना नदिन भनेको समेत बताउने गरेका छन् ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाको मुद्दा शाखामा कार्यरत तथा गोदामको समेत इन्चार्ज रहेका नेपालीले नष्ट गर्नु पर्ने भनी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रतिवेदन अनुरुप राजस्व अनुसन्धान विभागबाट स्वीकृति लिइ कार्यालयबाट निर्णय समेत भइ सकेको विभिन्न मालबस्तुहरु बिक्रि गरेको प्रमाण प्राप्त भएको छ ।

नष्ट गर्नका लागी राजस्व अनुसन्धान विभागबाट स्वीकृति प्राप्त गरेको र पथलैया कार्यालयले निर्णय समेत गरेको मालबस्तुहरु धानको विउ, सुर्ती, पान मसाला, पत्तावाला सुर्ती, विभिन्न ब्राण्डका भारतीय गुट्खा, राजनिवास, तुल्सी, फिनायल, रेडबुल जुस, विडि, सुपारी लगायतका सामग्री सुब्बा नेपालीले बिक्रि गरेको केही प्रमाण सुरक्षित रहेको छ ।

यी मालबस्तुहरु मध्ये धान खरिद गर्ने एक व्यापारीले स्वीकार समेत गरेका छन् ।

ती मालबस्तुहरु नष्ट गर्नु पर्ने निर्णयका क्रममा उपस्थित रहेका राजस्व अनुसन्धान कार्यालय पथलैयाका तत्कालिन अनुसन्धान अधिकृत एवं वर्तमान सुचना अधिकारी प्रमोद चौधरीले नष्ट गर्नु निर्णय भएको बताउनु भयो ।

उहाँले नष्ट पनि गरेको बताए पनि ब्यापारीले धान खरीद गरेको स्वीकार गरेको सम्बन्धमा भने स्पष्ट जवाफ दिनु भएन ।

कुराकानीका क्रममा प्रमुख देवकोटा र सुचना अधिकारी चौधरीले भने घुमाउरो पारामा नष्ट गर्नु पर्ने मालबस्तुहरु विक्रि गरेको अनौपचारिक रुपमा स्वीकार पनि गरेका छन् ।

राजस्व अनुसन्धान कार्यालयले नष्ट गर्नु पर्ने सामान ब्यापारीलाई बेच्यो

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM