२०८३ असार ११ गते, बिहीबार २०:२२

निर्जला एकादशीमा बुढानिलकण्ठमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

जितेन्द्र श्रेष्ठ/

 

 

काठमाडौं । असार ११ गते परेको जेष्ठ शुक्ल निर्जला एकादशीका अवसरमा बुढानिलकण्ठस्थित भगवान विष्णुको प्रसिद्ध मन्दिरमा बिहीबार बिहानैदेखि दर्शनार्थीहरूको उल्लेख्य घुइँचो लागेको छ।

निर्जला एकादशीलाई हिन्दू धर्मावलम्बीहरूले विशेष श्रद्धाका साथ मनाउने भएकाले उपवास बस्दै भगवान विष्णुको पूजा–आराधना गर्न देशका विभिन्न स्थानबाट भक्तजन बुढानिलकण्ठ पुगेका छन्। मन्दिर परिसरमा बिहानैदेखि दर्शन, पूजा, भजन–कीर्तन तथा धार्मिक अनुष्ठानमा सहभागी हुने श्रद्धालुको भीड देखिएको छ।

श्रद्धालुहरूको सहज दर्शनका लागि मन्दिर व्यवस्थापन र सुरक्षा निकायले आवश्यक व्यवस्थापन गरेको छ। धार्मिक विश्वासअनुसार निर्जला एकादशीको व्रत तथा भगवान विष्णुको दर्शन–पूजनबाट पुण्य प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ।

 

 

फोटो /जितेन्द्र श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM