Wednesday, May 1, 2024
घरसमाचारराजस्व अनुसन्धान कार्यालयले नष्ट गर्नु पर्ने सामान ब्यापारीलाई बेच्यो

राजस्व अनुसन्धान कार्यालयले नष्ट गर्नु पर्ने सामान ब्यापारीलाई बेच्यो

वीरगंज/राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक कर्मचारीले नष्ट गर्नु पर्ने सामानहरु बिक्री गरेको समाचार प्राप्त हुन आएको छ ।

राजस्व चुहावटको अभियोगमा विभिन्न निकायबाट अनुसन्धानको लागि पठाइएको मालबस्तुहरु सडे गलेको तथा गुणस्तरहिन प्रयोग गर्न नहुने अवस्थामा रहेकोले नष्ट गर्नु पर्ने भनी गरिएको निर्णय विपरित राजस्व अनुसन्धान कार्यालय पथलैयाका सुब्बा रवी नेपालीले बिक्री गरेको समाचार बुझिन आएको हो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाको मुद्दा शाखामा कार्यरत तथा गोदामको समेत इन्चार्ज रहेका नेपालीले नष्ट गर्नु पर्ने भनी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रतिवेदन अनुरुप राजस्व अनुसन्धान विभागबाट स्वीकृति लिई कार्यालयबाट निर्णय समेत भइ सकेको विभिन्न मालबस्तुहरु विक्रि गरेको प्रमाण प्राप्त भएको छ ।

नष्ट गर्नका लागी राजस्व अनुसन्धान विभागबाट स्वीकृति प्राप्त गरेको र पथलैया कार्यालयले निर्णय समेत गरेको मालबस्तुहरु काचो पाम आयल, धानको बिउ, सुर्ती, पान मसाला, पत्तावाला सुर्ती, विभिन्न ब्राण्डका भारतीय गुट्खा, राजनिवास, तुल्सी, फिनायल, रेडबुल जुस, विडि, सुपारी लगायत सुब्बा नेपालीले बिक्री गरेको केही प्रमाण सुरक्षित रहेको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका नासु नेपालीबाट यी मालबस्तुहरु मध्ये धान खरिद गरेको भनि एक व्यापारीले स्वीकार समेत गरेका छन् ।

यस सम्बन्धमा राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख प्रेम देवकोटासँग बुझ्दा उहाँले यस सम्बन्धमा मेरो कार्यकालमा निर्णय नभएकाले आफूले केही बताउन नसक्ने भन्नु भयो ।

ती मालबस्तुहरु नष्ट गर्नु पर्ने निर्णयका क्रममा उपस्थित रहेका राजस्व अनुसन्धान कार्यालय पथलैयाका तत्कालिन अनुसन्धान अधिकृत एवं वर्तमान सुचना अधिकारी प्रमोद चौधरीले नष्ट गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले नष्ट पनि गरेको बताए पनि धान खरिद गर्ने ब्यापारीले स्वीकार गरेको सम्बन्धमा भने स्पष्ट जवाफ दिनु भएन ।

कुराकानीका क्रममा प्रमुख देवकोटा र सुचना अधिकारी चौधरीले भने घुमउरो पारामा नष्ट गर्नु पर्ने मालबस्तुहरु विक्रि गरेको अनौपचारिक रुपमा स्वीकार पनि गरेका छन् ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -