काठमाण्डाै/राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । राहदानी छपाइ ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले आज १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले राहदानी विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्यलगायतविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले राहदानी छाप्ने २ विदेशी कम्पनी, ती कम्पनीका ४ जना विदेशी प्रतिनिधि र २ जना नेपाली प्रतिनिधिलाई पनि प्रतिवादी बनाएको छ ।
सन् २०२५ जुन ६ मा राहदानी विभागले जर्मनीका २ वटा सुरक्षण मुद्रण कम्पनी– म्युहलबाउर र भेरिडोसलाई ई-पासपोर्टको ठेक्का दिएको थियो । सम्झौतालगत्तै अख्तियारमा उजुरी परेको थियो ।
अख्तियारले उनीहरूविरुद्ध १० अर्ब १३ करोड ४ लाख ६१ हजार ७७७ रुपैयाँ बिगो मागदाबी गरेको छ ।















