२०८३ असार १२ गते, शुक्रबार १२:३९

होटलमा प्रहरीको छापा, यौन धन्धाको आरोपमा १९ जना पक्राउ

धनगढी । कैलालीको अत्तरियास्थित विभिन्न होटलमा प्रहरीले सञ्चालन गरेको विशेष सर्च अपरेशनका क्रममा होटल सञ्चालकसहित १९ जना पक्राउ परेका छन् । बिहीबार इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले अत्तरियाका हिल्टन होटल, पुर्चौँडी होटल र अपी–नाम्पा होटलमा एकैसाथ छापा मारेर अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा १० महिला र ९ पुरुषलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरा सिंह महराका अनुसार पक्राउ परेकामध्ये केही होटल सञ्चालकसमेत रहेका छन्।

होटलहरूमा गरिएको विशेष चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उनले बताए । प्रहरीले पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।प्रहरीले पछिल्लो समय अत्तरिया क्षेत्रका होटल तथा लजहरूमा हुने अवैध तथा शंकास्पद गतिविधि नियन्त्रण गर्न नियमित अनुगमन र विशेष अपरेशनलाई तीव्र बनाएको छ ।अस्ति मात्रै धनगढीमा पनि ७ जना भारतीय पुरुषसहित २४ जनालाई नियन्त्रणमा लिइएको थियो । धनगढी र अत्तरिया बजारमा यौनधन्दा मौलाएको आरोप छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM